Thursday 27th August 2026

पालमा फेरि बाढीको खतरा बढ्यो, चीन र भारतमा पनि चिन्ता


नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्। लगातारको वर्षा, नदीहरूको बढ्दो बहाव तथा हिमाली क्षेत्रको जोखिमपूर्ण अवस्थाले नेपालमा थप विपद्को खतरा बढाएको बताइएको छ।

BBC World को आजको अन्तर्राष्ट्रिय समाचार कार्यक्रममा नेपालमा कायम बाढीको जोखिम, चीनमा देखिएको चिन्ता तथा यसको सम्भावित क्षेत्रीय प्रभावबारे चर्चा गरिएको छ। नेपालका नदीहरूको बहाव बढेमा त्यसको असर भारतका सीमावर्ती तथा तल्लो तटीय क्षेत्रसम्म पुग्न सक्ने भएकाले भारतीय अधिकारीहरू पनि सतर्क अवस्थामा रहेको बताइएको छ।

कार्यक्रममा नेपालसँगै अन्य प्रमुख अन्तर्राष्ट्रिय विषयमा पनि चर्चा गरिएको छ। जसअन्तर्गत CIA प्रमुखको मस्को भ्रमणसम्बन्धी तथ्य, Meta ले १८ अर्ब डलर तिर्नुपर्ने विषय लगायतका समाचार समेटिएका छन्।

नेपालमा भने बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहँदा सम्भावित थप जोखिमबाट बच्न नदी तटीय र पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...