Tuesday 25th August 2026

युक्रेन मुद्दामा बेलायतलाई रुसको चेतावनी


युक्रेनसँग लामो दूरीका मिसाइल उत्पादनसम्बन्धी प्रविधि र जानकारी साझेदारी गर्ने बेलायतको निर्णयप्रति रुसले कडा प्रतिक्रिया जनाएको छ। क्रेमलिनका एक वरिष्ठ सल्लाहकारले बेलायतका ड्रोन तथा रक्षा उद्योगसम्बन्धी कारखानाहरू भविष्यमा आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिएका छन्।

रुसले बेलायतले युक्रेनलाई मिसाइल उत्पादन क्षमता विस्तार गर्न सहयोग गर्नु युक्रेन युद्धमा प्रत्यक्ष संलग्नताको प्रमाण भएको दाबी गरेको छ। मस्कोका अनुसार यस्तो कदमले द्वन्द्वलाई अझ जटिल र खतरनाक बनाउने जोखिम बढाएको छ।

बेलायतले हालसम्म उक्त चेतावनीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर लन्डनले युक्रेनको आत्मरक्षाको अधिकारलाई समर्थन गर्दै सैन्य सहयोग जारी राख्ने नीति अपनाउँदै आएको छ।

युक्रेन युद्ध सुरु भएयता बेलायत युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने प्रमुख पश्चिमी साझेदारमध्ये एक रहँदै आएको छ।


सम्बन्धित शीर्षकहरु

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

प्रतिकृयाहरू
...