Monday 24th August 2026

हाइटीमा फेरि हिंसा भड्कियो, ग्याङ आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु


हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

आइतबार राति भएको आक्रमणका क्रममा बन्दुकधारीहरूले घरहरूमा आगजनी गर्नुका साथै स्थानीय बासिन्दामाथि गोली चलाएका थिए। केन्स्कोफका मेयर जाँ मासियोँका अनुसार चर्च र केही घरहरूलाई समेत निशाना बनाइएको थियो। आक्रमणका कारण ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।

अधिकारीहरूले घटनामा ‘Viv Ansanm’ नामक ग्याङ गठबन्धन संलग्न रहेको आरोप लगाएका छन्। हाइटीको राजधानीको करिब ७० प्रतिशत भूभाग ग्याङहरूको नियन्त्रणमा रहेको बताइएको छ। संयुक्त राष्ट्रसंघको समर्थनमा ग्याङ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालन भए पनि उक्त बल अझै पूर्ण क्षमतामा पुग्न सकेको छैन।

संयुक्त राष्ट्रसंघका अनुसार २०२६ को जनवरीदेखि जुनसम्म हाइटीमा ३,१०० भन्दा बढी मानिस मारिएका र करिब ११ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। आगामी निर्वाचनको तयारी भइरहेका बेला बढ्दो हिंसाले निर्वाचनसमेत प्रभावित हुन सक्ने चिन्ता बढेको छ।


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...