Tuesday 13th October 2026

अमेरिकी सुरक्षा घेरामा साउदी तेल ट्यांकरले पार गर्‍यो होर्मुज जलडमरूमध्य


साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार गरेको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्लो समय इरान–अमेरिका तनावका कारण होर्मुज हुँदै तेल ढुवानी जोखिमपूर्ण बनेको अवस्थामा यो घटनालाई महत्वपूर्ण मानिएको छ।

अमेरिकी सेनाले होर्मुजबाट तेलको आवतजावत कायम राख्न विशेष समुद्री करिडोर सञ्चालन गरिरहेको बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला दिनमा प्रत्येक रात करिब १५ देखि २० वटा ट्यांकर दक्षिणी मार्ग हुँदै आवतजावत गरिरहेका छन्।

यस अभियानअन्तर्गत अमेरिकी AWACS, हवाई इन्धन भर्ने ट्यांकर, निगरानी तथा समुद्री गस्ती विमान क्षेत्रभर परिचालन गरिएको बताइएको छ। यी गतिविधिहरूलाई साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य आधारबाट सहयोग भइरहेको छ।

होर्मुज जलडमरूमध्य विश्वको प्रमुख ऊर्जा मार्गमध्ये एक हो। युद्धअघि विश्वव्यापी कच्चा तेल तथा LNG को ठूलो हिस्सा यही मार्ग हुँदै आवतजावत गर्ने गरेको थियो। पछिल्लो संकटका कारण यहाँको व्यावसायिक जहाज आवागमन भने निकै घटेको छ।

साउदी अरबले पनि केही समय रोकिएको होर्मुजभित्रको तेल लोडिङ पुनः सुरु गरेको छ। रोयटर्सका अनुसार अगस्ट १२ देखि १६ सम्म तीनवटा VLCC ले साउदीका जुवैमाह र रास तनुरा टर्मिनलबाट प्रत्येक करिब २० लाख ब्यारेल कच्चा तेल लोड गरेका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...