Tuesday 13th October 2026

वाग्लेको चेतावनी : अब विकासका लागि स्रोत जुटाउन झन् कठिन हुँदैछ


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

उनका अनुसार अहिले विकासका लागि उपलब्ध हुने स्रोतहरू पहिलेको तुलनामा महँगो र कठोर बन्दै गएका छन्। ब्याजदर बढिरहेको, ऋणको ग्रेस पिरियड घटिरहेको र ऋण तिर्ने म्यादसमेत छोटिँदै गएको उनले बताएका छन्।

वाग्लेले भनेका छन्—

“ठूला–ठूला पूर्वाधारहरूमा, ठूलाठूला इन्स्टिच्युसनहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ । ब्याजदर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, म्याचुरिटी पिरियड घट्दैछ, र त्यो सीमित पुलमा पनि अब प्रतिस्पर्धा पनि बढ्दैछ।”

उनका अनुसार नेपालले विकास निर्माण र संस्थागत सुधारका लागि बाह्य तथा सहुलियतपूर्ण वित्तीय स्रोतमा भर पर्दा अब पहिलेको जस्तो सहज अवस्था रहने छैन।

त्यसैले आगामी दिनमा नेपालका लागि चुनौती केवल ठूला आयोजना बनाउने मात्र नभई, उपलब्ध सीमित स्रोतलाई कहाँ, कसरी र कति प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने पनि हुनेछ।

वाग्लेको निष्कर्ष छ—

“हामीलाई असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछ।”

यसले नेपालको विकास मोडल अब सस्तो ऋण र बाह्य सहयोगमा मात्र निर्भर रहने अवस्थाबाट स्रोतको उच्चतम प्रतिफल खोज्नुपर्ने चरणमा प्रवेश गरेको संकेत गर्छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...