Monday 6th October 2025

पप्पु कन्सट्रक्सनका प्रमुखलार्इ पक्राउ पुर्जी


तितोपाटी – जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन । २०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...