Monday 14th September 2026

८५ वर्षको उमेरमा पनि ७७ माइल दाैडेर विश्व रेकर्ड कायम !


तितोपाटी – सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो ।२४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय एक बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् ।

जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि यती लामो दूरी तय गर्न सकेका छैनन् । जोफ ओलिभर नाम गरेका ती बेलायतीले तय गरेको यो दौडको भिडियो बिबिसीका पत्रकार सोफी रर्थले सार्वजनिक गरेपछि उनको चौतर्फी प्रसंसा भएको छ ।

पत्रकार सोफीले ‘किन दौडनुभयो ?’भनेर सोध्दा तिनले जवाफ दिएका छन्, ‘सम्भवतः केही पागलपन ! तर हामी सधैँ संघर्ष गरिरहनुपर्छ ।’ उनले यसअघि पनि धावनमै दुई विश्व रेकर्ड कायम गरिसकेका छन् ।

जोफले तय गरेको दूरी १ सय २३ किलोमिटर हो । जुन सामान्यतः युवावस्थामै पनि २४ घण्टाभित्र पार गर्न कठिन हुन्छ । ८५ वर्षका जोफले यति लामो दूरी पार गर्न सकेकोमा संसारका धावक चकित परेका छन्।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...