Tuesday 27th January 2026

८५ वर्षको उमेरमा पनि ७७ माइल दाैडेर विश्व रेकर्ड कायम !


तितोपाटी – सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो ।२४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय एक बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् ।

जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि यती लामो दूरी तय गर्न सकेका छैनन् । जोफ ओलिभर नाम गरेका ती बेलायतीले तय गरेको यो दौडको भिडियो बिबिसीका पत्रकार सोफी रर्थले सार्वजनिक गरेपछि उनको चौतर्फी प्रसंसा भएको छ ।

पत्रकार सोफीले ‘किन दौडनुभयो ?’भनेर सोध्दा तिनले जवाफ दिएका छन्, ‘सम्भवतः केही पागलपन ! तर हामी सधैँ संघर्ष गरिरहनुपर्छ ।’ उनले यसअघि पनि धावनमै दुई विश्व रेकर्ड कायम गरिसकेका छन् ।

जोफले तय गरेको दूरी १ सय २३ किलोमिटर हो । जुन सामान्यतः युवावस्थामै पनि २४ घण्टाभित्र पार गर्न कठिन हुन्छ । ८५ वर्षका जोफले यति लामो दूरी पार गर्न सकेकोमा संसारका धावक चकित परेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...