Saturday 3rd October 2026

वैदेशिक रोजगार बोर्डद्वारा स्वास्थ्य उपचार सहायता सम्बन्धी सूचना जारी


वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र उनका परिवारलाई समयमै निवेदन दिन आग्रह गरेको छ।

बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका कामदार करार अवधिभित्र वा करार समाप्त भएको एक वर्षभित्र अंगभंग वा गम्भीर बिरामी भएमा आर्थिक सहायता प्राप्त गर्न सक्नेछन्। सहायता प्राप्त गर्न सम्बन्धित व्यक्तिले तोकिएको समयभित्र निवेदन दर्ता गर्नुपर्नेछ।

बोर्डले मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिकलसेल एनिमिया जस्ता रोगका लागि मात्र आर्थिक सहायता उपलब्ध गराइने जनाएको छ। साथै, परिवारका सदस्यको उपचार खर्चका लागि पनि केही निश्चित गम्भीर रोगमा मात्र सहायता दिइने व्यवस्था रहेको छ।

बोर्डले सकेसम्म स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत निवेदन पेश गर्न तथा आवश्यक कागजातसहित वडाको सिफारिस अनिवार्य रूपमा संलग्न गर्न अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...