Sunday 9th August 2026

गर्मीमा स्वास्थ्यका लागि लाभदायक औषधीय गुणले भरिएको अनानास (भुइँकटहर)


स्वाद, सुगन्ध र पोषणका दृष्टिले लोकप्रिय मानिने अनानास (भुइँकटहर) स्वास्थ्यका लागि अत्यन्त लाभदायक फलका रूपमा परिचित छ। सुनौलो गुदी, अमिलो-गुलियो स्वाद र रसिलो बनावटका कारण अनानास (भुइँकटहर) विश्वभर रुचाइने फलमध्ये एक हो।

विशेषज्ञहरूका अनुसार यसमा भिटामिन सी, म्याङ्गानिज, फाइबर तथा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छन्। यसमा रहेको ब्रोमेलेन (Bromelain) नामक विशेष एन्जाइमले पाचन प्रक्रियालाई सहज बनाउन र शरीरमा हुने सूजन कम गर्न सहयोग पुर्‍याउँछ।

अनानास (भुइँकटहर)को उत्पत्ति दक्षिण अमेरिकाको प्याराग्वे र दक्षिणी ब्राजिल क्षेत्रमा भएको मानिन्छ। पछि यो क्यारिबियन, मध्य अमेरिका हुँदै विश्वका विभिन्न देशहरूमा फैलिएको हो। यसको बिरुवाले जमिन नजिकैबाट वृद्धि गर्दै डाँठको टुप्पामा एउटा ठूलो फल उत्पादन गर्छ।

स्वास्थ्यविद्हरूका अनुसार नियमित तथा सन्तुलित मात्रामा अनानास (भुइँकटहर) सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, पाचन प्रणाली सुदृढ हुने तथा हड्डीको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने गर्दछ। भिटामिन सीको उच्च मात्रा भएकाले यसले छालाको स्वास्थ्य सुधार गर्न समेत मद्दत पुर्‍याउँछ।

यद्यपि, अत्यधिक मात्रामा अनानास (भुइँकटहर) सेवन गर्दा मुख र जिब्रोमा जलन हुन सक्ने तथा एसिडिटी भएका व्यक्तिमा समस्या बढ्न सक्ने विज्ञहरूको सुझाव छ। मधुमेह भएका व्यक्तिहरूले पनि चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नुपर्ने बताइएको छ।

स्वाद र स्वास्थ्य दुवैका हिसाबले महत्वपूर्ण मानिएको अनानास(भुइँकटहर)लाई ताजा फल, जुस, सलाद, स्मुदी तथा विभिन्न परिकारमा प्रयोग गर्न सकिन्छ। पोषक तत्वले भरिपूर्ण भएकाले यसलाई स्वस्थ जीवनशैलीको महत्वपूर्ण हिस्सा मानिन्छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

तिब्बती स्वतन्त्रता आन्दोलनका सक्रिय अभियन्ता लोब्गा राङजेन (५२) ले संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि आत्मदाह गरेका छन्। तिब्बती समुदायका अनुसार उनले…

प्रतिकृयाहरू
...