Tuesday 4th August 2026

केन्द्रीय नेताको उपस्थितिमा अगस्ट २१ मा प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन


कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा मञ्चका केन्द्रीय नेताको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ।

मञ्चका सचिव शंकर पौडेलका अनुसार कुवेतमा रहेका एमालेप्रति आस्थावान सम्पूर्ण नेपाली श्रमिक, सदस्य तथा शुभेच्छुकहरूलाई अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।

प्रवासी नेपाली मञ्च कुवेतको इतिहासमा संस्थापक अध्यक्षले तीन कार्यकाल नेतृत्व गरिसकेका छन् भने वर्तमान अध्यक्षले एक कार्यकाल पूरा गरेका छन्। यसपटकको अधिवेशनबाट नयाँ तथा युवा नेतृत्व चयन हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

आयोजक समितिले अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन सम्पूर्ण सदस्य, समर्थक तथा नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

भारतको केरल राज्यमा लगातार परेको भारी वर्षाका कारण बाढी, पहिरो र जलमग्नताको समस्या गम्भीर बन्दै गएको छ। पछिल्ला तीन दिनमा…

दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये…

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

प्रतिकृयाहरू
...