Monday 23rd March 2026

दशैंको लागि अग्रिम टिकट बुकिङ भोलीदेखि शुरू हुने


तितोपाटी – दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको हो ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो । निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ । रोजगारी, पढाइ लगायतको शिलशीलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किन्छन् ।

महासंघको आज बसेको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको  महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराए।

यसअघि असोज ५ देखि बुकिङ खुला गर्ने भनिएकामा पेट्रोलिम पदार्थमा मूल्य वृद्धि भएको भन्दै रोकिएको थियो। सरकारले यातायात भाडा १० प्रतिशत बढाउने निर्णय गरेको थियो। भाडा बृद्धिको अनुमति पत्र महासंघसमक्ष आइसकेकाले त्यसलाई स्वीकार गर्दै अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने निर्णय गरेका हौ,’ सिटौलाले भने।

महासंघले यस अघि बन्द रहेका यातायात समितिका खाता खुलाउन माग राख्दै आए पनि यस विषयमा सहमति भने जुटेको छैन। ‘ भाडाको विषय संबोधन भयो, खाताको विषयलाई थाति राखेर देशैभर भोलिदेखि क्रमश टिकट बुकिङ खोल्दैछौ,’ उनले भने। सरकारले यातायात क्षेत्रकाे अनुगमनका लागि गठन गरेका संयन्त्रहरूसंग सहकार्य गरेर चाड पर्वकाे यातायात अावागमनलार्इ व्यवस्थित बनाउने उनले बताए।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...