Thursday 3rd September 2026

कुवेतको ठूलो सुरक्षा अभियान, -अवैध गतिविधिमाथि कडाइ


कुवेतको गृह मन्त्रालयले बुधबार ज्लीब अल–शुयोख क्षेत्रमा ठूलो सुरक्षा तथा अनुगमन अभियान सञ्चालन गरेको छ। पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहको प्रत्यक्ष निगरानीमा भएको उक्त अभियानमा विभिन्न सरकारी निकायहरू सहभागी भएका थिए।

अभियानमा कुवेत सेना, नेसनल गार्ड, कुवेत फायर फोर्ससहित विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय, सार्वजनिक निर्माण मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, जनशक्ति प्राधिकरण, कुवेत नगरपालिका र स्वास्थ्य मन्त्रालयका आपतकालीन सेवा टोली सहभागी थिए।

सरकारी टोलीले असुरक्षित भवन, सरकारी जग्गा अतिक्रमण, अत्यधिक भीडभाड भएका आवास, आवास कानुन उल्लंघन गर्ने व्यक्ति, खोजी सूचीमा रहेका व्यक्तिहरू तथा आवासीय क्षेत्रमा बिना अनुमति सञ्चालन भइरहेका व्यवसायमाथि कारबाही केन्द्रित गरेको थियो। नियम उल्लंघन गर्ने भवनको विद्युत् तथा पानी सेवा काट्नुका साथै उल्लंघनको विवरण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

जोखिमयुक्त भवनबाट हटाइएका परिवार तथा आप्रवासी कामदारका लागि अस्थायी आश्रयस्थलको व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्। सरकारले यस अभियानमार्फत जनस्वास्थ्य, वातावरण र सुरक्षामा देखिएका जोखिम कम गर्ने लक्ष्य राखेको जनाएको छ।

गृहमन्त्री शेख फहदले ज्लीब अल–शुयोखबाट सुरु भएको यो अभियान अब कुवेतका अन्य सबै क्षेत्रमा विस्तार गरिने बताएका छन्। उनले मानव जीवन र सम्पत्तिको सुरक्षाका लागि अवैध तथा जोखिमपूर्ण संरचनाविरुद्ध कुनै सम्झौता नगरिने र आवश्यक परे त्यस्ता भवन भत्काउने चेतावनी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

प्रतिकृयाहरू
...