Wednesday 8th October 2025

माल्दिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा विपक्षी नेता विजयी


तितोपाटी – माल्दिभ्सको राष्ट्रपतिमा इब्राहिम मोहमद सोहिल विजयी भएपछि त्यहाँ विजयी भएपछि त्यहाँ विजय जुलुस सुरु भएको छ। विपक्षी नेता इब्राहिमले वर्तमान राष्ट्रपति अब्दुल्ला यामीनलाई पराजित गर्दै माल्दिभ्सको सत्तामा पुगेका छन्। निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार इब्राहिमले ५८.३ मत प्राप्त गरेका छन्। उनले वर्तमान राष्ट्रपति अब्दुल्ला यामीनलाई जनमतको कदर गर्नुको विकल्प नभएको बताएका छन्। उनले भनेका छन्, ‘यो माल्दीभ्सका जनताले चाहेको परिवर्तनको संकेत हो। जनताले शान्ति र न्याय चाहेका छन्।’

शक्तिशाली मानिएका राष्ट्रपति यामीनको जितको अपेक्षा गरिको थियो। तर यामीनले निर्वाचन परिणामबारे कुनै प्रतिक्रिया दिएका छैनन्। विपक्षी दलहरु सोहिलको पक्षामा मोर्चा बनाएर निर्वाचनमा उत्रिएका थिए। आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन्।

निर्वासमा रहेका माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदले ट्वीट गर्दै सोहिललाई बधाई दिएका छन्। उनलाई यामीनले २०१२ मा देश निकाला गरेका थिए। उनले भनेका छन्, राष्ट्रपतिमा निर्वाचित हुनु भएको मा बधाई छ। तपाईले माल्दिभ्सका जनताको लागि मात्र होइन सबै ठाउँका स्वतन्त्रता प्रेमीहरुको लागि काम गर्नु हुने छ।’

यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन्। संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। माल्दीभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए। माल्दिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो।

हिन्द महासागरको यो टापु राष्ट्र चीन र भारतबीच प्रतिस्पर्धाको क्षेत्र बनेको थियो। पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। माल्दिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...