Thursday 15th October 2026

खाडी क्षेत्रको सुरक्षा चुनौती इजरायल हो -ओमनी विदेशमन्त्री


ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद अल बुसैदीले मध्यपूर्वमा पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै खाडी राष्ट्रहरूलाई आफ्नो क्षेत्रीय सुरक्षा रणनीति तथा अमेरिकासँगको लामो समयदेखिको सुरक्षा सम्बन्ध पुनरावलोकन गर्न आग्रह गरेका छन्।

क्षेत्रीय सुरक्षाबारे बोल्दै उनले खाडी मुलुकहरूले वर्तमान भू-राजनीतिक अवस्थाबाट शिक्षा लिएर भविष्यकेन्द्रित सुरक्षा नीति अपनाउनुपर्ने बताए।

उनले भने, “पछिल्ला ४५ वर्षदेखि इरानलाई क्षेत्रकै सबैभन्दा ठूलो खतरा भनेर प्रस्तुत गरिएको छ। यही धारणा खाडी राष्ट्रहरूमा व्यापक सैन्यीकरण र हतियार खरिदलाई उचित ठहर गर्ने आधार बन्यो।”

तर, अहिलेको अवस्था फरक रहेको उनको भनाइ छ।

“आजको वास्तविकता हेर्दा क्षेत्रको सबैभन्दा ठूलो सुरक्षा चुनौती अब इरान होइन, इजरायल हो। अहिले देखिरहेका घटनाबाट हामीले पाठ सिक्नुपर्छ र भविष्यतर्फ ध्यान दिनुपर्छ,” उनले भने।

मध्यपूर्वमा बढ्दो तनाव, बदलिँदो शक्ति सन्तुलन तथा क्षेत्रीय सुरक्षा संरचनाबारे बहस भइरहेका बेला ओमानी विदेशमन्त्रीको यो अभिव्यक्तिले खाडी राष्ट्रहरूको सुरक्षा नीति, रणनीतिक साझेदारी र अमेरिकासँगको सम्बन्धबारे नयाँ बहस सुरु गराउन सक्ने अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...