Monday 22nd June 2026

किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध


कुवेतस्थित किराती समुदायको साझा संस्था किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध निर्वाचित भएका छन्। साथै संस्थाको नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।

नयाँ कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा मोहन कुमार राई चयन भएका छन् भने उपाध्यक्षहरूमा कमला बान्तावा राई, सबिन दुमी राई, भुमिराज राई, युबराज चाम्लिङ राई र राजन चाम्लिङ राई रहेका छन्। महासचिवमा प्रकाश थुलुङ राई, उप–महासचिवमा नबिन वलिङ राई, सचिवमा अमृता थुलुङ राई तथा सह–सचिवहरूमा अमृत दुमी राई, अरुण चाम्लिङ राई र सुरज खिम्बुले राई चयन भएका छन्। कोषाध्यक्षमा अशोक चाम्लिङ राई र सह–कोषाध्यक्षमा सुमित्रा चाम्लिङ राई निर्वाचित भएका छन् भने प्रवक्तामा यदुराज राई रहेका छन्।

संस्थाले युवा संयोजक, महिला संयोजक, खेलकुद विभाग र सांस्कृतिक विभाग समिति समेत गठन गरेको जनाएको छ। संस्थापक संरक्षकमा अमित चाम्लिङ राई रहेका छन् भने संरक्षकहरूमा मन्जित चाम्लिङ राई र उमेश बान्तावा राई चयन भएका छन्। प्रमुख सल्लाहकारमा सुधिर बान्तावा राई, वरिष्ठ सल्लाहकारहरूमा रोशन राई र माया चाम्लिङ राई तथा सल्लाहकारहरूमा नैनाकला चाम्लिङ राई, कविता कोयु राई, भुपेन्द्र राई, टेक राज चाम्लिङ (मुलबासी), गणेश कुमार र महेन्द्र चाम्लिङ राई रहेका छन्।

कार्यक्रम उमेश राईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कुवेतस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

“भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण – किरात राईहरूको साझा अभियान” भन्ने मूल नारासहित स्थापित संस्थाले कुवेतमा रहेका किराती समुदायलाई एकताबद्ध गर्दै नेपाली संघ–संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ नेतृत्वले सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा नेपाली समुदायबीच आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...