Wednesday 13th May 2026

नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन सम्पन्न ,अध्यक्षमा जय आले मगर निर्विरोध


 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस होटलमा सम्पन्न अधिवेशनबाट जय आले मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

संघका निर्वतमान कार्यवाहक अध्यक्ष जय आले मगरको सभापतित्व तथा कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावास परिवार, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाति महासंघ कुवेत, विभिन्न राजनीतिक दलका प्रवासी संगठनका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

“इतिहास, भाषा, संस्कृति संरक्षण–सम्वर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको तेस्रो लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि लम्सालले माघे सकरातीको शुभकामना व्यक्त गर्दै कुवेतमा कार्यरत नेपाली श्रमिकहरूको हक–हित संरक्षणका लागि दूतावास सधैं तत्पर रहेको बताए। साथै, कुवेतको कानुनको पालना गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा मगर समुदायको मौलिकता र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो, जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रमको सञ्चालन कल्पना मन्दिर मगर, कृष्ण पुन मगर र श्रवण गाहा मगरले गरेका थिए भने स्वागत मन्तव्य श्रवण गाहा मगरले व्यक्त गरेका थिए।

पाँचौँ ऐतिहासिक अधिवेशनबाट वर्ष २०२६–२०२९ का लागि निर्वाचित कार्यकारी समितिको घोषणा निर्वाचन प्रमुख मनु भुजेलले गरेका थिए।

निर्वाचित प्रमुख पदाधिकारीहरू:

  • अध्यक्ष: जय आले मगर
  • वरिष्ठ उपाध्यक्ष: राजेन्द्र आले मगर, केदार आले मगर
  • प्रथम उपाध्यक्ष: जंग घर्ती मगर
  • द्वितीय उपाध्यक्ष: तोयानाथ पुन मगर
  • तृतीय उपाध्यक्ष: सानुलाल राना मगर
  • महिला उपाध्यक्ष: देवी थापा मगर
  • महासचिव: कृष्ण पुन मगर
  • कोषाध्यक्ष: दिल बहादुर डेंगा मगर

(अन्य पदाधिकारी, विभागीय प्रमुख, सल्लाहकार, संरक्षक तथा कार्यकारी सदस्यहरू अधिवेशनबाट सर्वसम्मत रूपमा चयन गरिएको संघले जनाएको छ।)

नवनिर्वाचित समितिले कुवेतमा रहेका मगर समुदायलाई एकताबद्ध गर्दै भाषा, संस्कृति र पहिचान संरक्षणका साथै सामाजिक कार्यलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...