Thursday 2nd July 2026

अमेरिकी सैनिक र सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले निगरानी गरे


गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले त्यहाँका अमेरिकी सैनिकहरूलाई रिस उठाएको छ भन्ने कुरा नयाँ रिपोर्टले बताएको छ।

अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको गाजा युद्धविरामको निगरानी गर्नका लागि संयुक्त बेस बनाइएको थियो। तर उक्त बेसमा बसेका अमेरिकी सैनिकहरू इजरायलले कडाइका साथ हेरेर निगरानी गरिरहेको द गार्जियनले रिपोर्ट गरेको छ।

रिपोर्ट अनुसार, यस बेसमा भएका बैठक र छलफलहरू गोप्य रूपमा रेकर्ड गरिएको हुनसक्छ भन्ने चिन्ता सैनिकहरूमा बढेर गएको छ। स्रोतहरूका अनुसार केही बैठकहरूको खुला र लुकेका रेकर्डिङ सम्बन्धी विवाद उठेका थिए।

निगरानीको मात्रा धेरै भएकोले बेसका अमेरिकी कमाण्डर लेफ्टिनेन्ट जनरल प्याट्रिक फ्र्याङ्कले एक बैठक बोलाएर भनेका रहेछन्—“यहाँ रेकर्डिङ रोकिनुपर्छ।”

यो असन्तुष्टि केवल अमेरिकी सैनिकहरूले मात्रै होइन, अन्य देशका कर्मचारी र बेसमा आउने अतिथिहरूले पनि व्यक्त गरेका थिए। उनीहरूलाई “संवेदनशील कुरा नसाझा गर्न” सावधानी अपनाउन भनेको थियो, किनकि ती कुरा रेकर्ड वा दुरुपयोग हुन सक्छन् भन्ने डर थियो।

इजरायली पक्षको प्रतिक्रिया

रिपोर्टका अनुसार इजरायली सेनाले फ्र्याङ्कको मागबारे केही टिप्पणी गरेन, तर यसो भने:

  • CMCC भित्रका कुरा “गोप्य (classified)” होइनन्।

  • उनीहरूले बैठकहरूको दस्तावेज बनाइनु सामान्य प्रक्रिया भएको दाबी गरे।

  • बैठकमा सबै उपस्थित हुने भएकाले गोप्य जानकारी अमेरिकी वा अन्य साझेदारबाट चोरी गरियो भन्ने दाबीलाई “बेतुका” भने।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...