Saturday 15th August 2026

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव र श्रम सहचारीको आगमन


कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै अधिकारीको आगमनसँगै दूतावासको सेवा अझ व्यवस्थित, छरितो र सहज हुने अपेक्षा प्रवासी नेपाली समुदायले व्यक्त गरेको छ।

प्रथम सचिव पोखरेल परराष्ट्र सेवाकी अनुभवी अधिकारी मानिन्छन्। स्विट्जरल्यान्डमा चार वर्षको कूटनीतिक सेवा पूरा गरेपछि कुवेत उनको दोस्रो विदेश मिशन हो। उनी ४ अक्टोबरमा कुवेत पुगेकी थिईन्। प्रशासनिक काम, कूटनीतिक समन्वय तथा दूतावासको दैनिक प्रक्रियालाई प्रभावकारी बनाउन उनको अनुभवले सकारात्मक प्रभाव पार्ने विश्वास समुदायमा छ।

श्रम सहचारी जनार्दन गौतम श्रम मन्त्रालयमा पाँच वर्षको अनुभव लिएर कुवेत आएका हुन्। यहाँ डेलिभरी ड्राइभर, सफाइ क्षेत्र तथा घरेलु कामदारसँग सम्बन्धित समस्याहरू बढ्दो क्रममा रहेका कारण, उनले सुरुदेखिनै श्रमिकका पक्षमा सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ। निवर्तमान श्रम सहचारी गिरि प्रसाद आचार्यको कार्यकाल सकिएपछि गौतमले नयाँ जिम्मेवारी सम्हालेका हुन्। श्रमिकका कानुनी प्रक्रिया, समस्या समाधान र मार्गदर्शनमा उनको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ।

यी दुई अधिकारीको संयुक्त प्रयास तथा समन्वयले कुवेतमा रहेका नेपाली समुदाय, श्रमिक तथा सेवा खोज्नेहरूलाई अझ छिटो, सरल र भरपर्दो सेवा उपलब्ध हुने आशा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...