Wednesday 29th April 2026

१० कम्युनिष्ट पार्टी मिलेर एक “नेपाली कम्युनिष्ट पार्टी” को घोषणा, संयोजक प्रचण्ड, सह-संयोजक नेपाल


नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत वाम पार्टीबीच एकता घोषणा भएको हो ।

पार्टी एकताका लागि दलहरूबीच ९ बुँदे सहमति भएको छ । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ ।

घोषणा सभामा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ता ‘नेपाली कम्युनिस्ट पार्टी’को हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरूले अनुमोदन गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ ।

आगामी ६ महिनाभित्र एकीकृत पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...