Wednesday 5th August 2026

कुवेतमा हरितालिका तीज गायिका प्रीति आलेको साथमा सम्पन्न


कुवेत – नेपाल कुवेत सांस्कृतिक मञ्चको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लोकप्रिय लोकदोहरी गायिका प्रीति आले तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो।

प्रवासको कार्यव्यस्ततालाई मध्यनजर गर्दै शुक्रबार जिलिबस्थित एस्पाएर इन्डियन स्कुलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा गायिका आलेको धमाकेदार प्रस्तुति संगै कुवेतमा कार्यरत नेपाली महिलाहरूले परम्परागत पोशाकमा सजिएर छमछमी नाच्दै तीजको उल्लास मनाए।

“हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल कुवेत सांस्कृतिक मञ्चले हरेक वर्षझैं यस वर्ष पनि तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो। प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने तथा सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम २४औं प्रस्तुतिका रूपमा गरिएको हो।

कार्यक्रम मञ्चका अध्यक्ष गोबिन्द बरालको अध्यक्षता तथा कुवेतस्थित नेपाली दूतावासकी काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतका महेश पक्षधरका अध्यक्ष दिलकुमार पाख्रीन, बद्री पक्षधरका विकास सिंह, एनआरएनए कुवेतका संरक्षक, आईसीसी सदस्य, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, साथै कुवेतमा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार र व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा सल्लाहकार सुमित्रा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन दिपेन्द्र निरौलाले गरेका थिए। प्रमुख अतिथिले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै कुवेतमा कार्यरत नेपालीहरूलाई यहाँको नीति–नियम पालना गर्न आग्रह गरेकी थिइन्।

कार्यक्रममा सहयोगी दाताहरूलाई मञ्चले दोसल्ला ओढाएर सम्मान गरेको थियो। इभेन्ट म्यानेजमेन्टको जिम्मेवारी निरेमले लिएको थियो।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...