Wednesday 10th December 2025

पाल्पामा रकम हिनामिना आराेपमा सहकारीका ब्यबस्थापक पक्राउ


तितोपाटी –  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक पक्राउ परेका छन् । उक्त  सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ  परेका हुन। सहकारी संस्थाकाे झण्डै तीन कराेड रकम हिनामिना गरेकाे वम्रेलमाथि आराेप छ ।
बम्रेल सहकारीकाे रकम हिनामिना भएकाे सार्वजनिक भएपछि बाहिरी सम्पर्कमा थिएनन् । प्रहरीले बम्रेललाई पक्राउ गरेकाे पुष्टि गरेकाे छ ।
पाल्पाका प्रहरी प्रमुख पवनकुमार भट्टराइले बम्रेल सहकारी सम्बन्धी मुद्दामा पक्राउ परेकाे र थप अनुसन्धान भइरहेकाे बताउनुभयाे । लालीगुरास सहकारी संस्था रम्भा गाउँपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेकाे संस्था हाे ।
सहकारीको धन्नै  तीन करोड रकम अपचलन भएपछि वचतकर्ता विचल्लीमा परेका छन् । रम्भा, पूर्वखाेला, माथागढी र बगनासकाली गाँउपालिकाका १ हजार वचतकर्ता विचल्लीमा परेका हुन् । रम्भा गाउँपालिका–४, हुमिनस्थित लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेपछि वचतकर्ता दिनहुँ रकम फिर्ताका लागि सहकारीमा धाउने गरेका छन् ।
पक्राउ परेका बम्रेलले संस्थाको दुई करोड ८७ लाख ५७ हजार रकम अपचलन गरेको आरोप लागेको छ । सहकारी संस्थाबाट फर्जी ऋणी तयार गरेर रकम हिनामिना गरेको आरोप बम्रेलमाथि छ । संस्थाको संचालक समितिका अध्यक्ष सुवी विकले दिनुभएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।
बम्रेललाई पाल्पा रम्भा–४, हुमिनस्थित घरबाटै पक्राउ गरिएको उहाँले बताउनुभयो । व्यवस्थापक बम्रेलले रकम हिनामिना गरेको सञ्चालक समितिका अध्यक्ष सुवि विकले बताउनुभयो । २०८१ माघमा आफू अध्यक्षमा निर्वाचित भएपछि रकम हिनामिना गरेको थाहा पाएको विकले बताउनुभयो। सहकारी संस्थाले रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा वचत तथा ऋणको कारोबार गर्दै आएको थियो। त्यस क्षेत्रका करिव एक हजार वचतकर्ता अलपत्र परेका छन् । वचतकर्ताका पाँच करोड रकम फिर्ता गर्न बाँकी छ । यस्तै राष्ट्रिय सहकारी बैँकको एक करोड रकम फिर्ता गर्न बाँकी भएको सहकारीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...