Thursday 4th September 2025

गाईजात्रा (कविता)


यहाँ छुट छ हजुर ।
यहाँ बाघलाई घाँस खान
खरायो लाई मासु लतार्न
ब्याँसोलाई बितन्डा मच्चाउन
हिसाबलाई दाल गलाउन
छुट छ
किन कि
यहाँ हाम्रो व्यापारीक राज्य छ
जहाँ चिया पिउन
अमेरिका जान
देश अँध्यारो बनाउन ,
कर्मचारी फसाउन
छुट छ
छुट त कति हो कति ?
कमिसनमा,कालाबजारमा
ठेक्का पट्टामा ईट्टाभट्टामा
छुट छ
बा बाट दाजुबाट
भाउजू बाट भैयाबाट
सैयाबाट
छुट छ
छुट नै छुटको अबसर छ
छिटो गर्नुस्
मौकामा चौका हान्नुस्
यो अन्तिम छुट अभियान हो
झोला का पोकाहरु बजारमा
बेच्न राखिएका छन्
भरियाहरुलाई
मासु चिउरा रक्सी
प्रेटोल छ
एक स्वर्णिम दिनको
हामी प्रतिक्षामा छौ
जुन एक युगमा
एक पल्ट आउँछ
आधि वेरी चलाउँछ
उथल पुथल बनाँउछ
भ्रष्टहरु कुहिएको हिलोबाट
सुन्दर गुलाफको फुल फुलाँउछ ।
🖋️असल यात्री 🖊️
गाई जात्रा (२५/०४/२०२२ )


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोको संसदले समलैंगिक कार्यहरूलाई गैरकानूनी घोषित गर्ने पक्षमा मतदान गर्‍यो बुर्किना फासोको अनिर्वाचित संक्रमणकालीन संसदले समलैंगिक कार्यहरूलाई प्रतिबन्ध लगाउने…

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (महेश श्रेष्ठ पक्ष)ले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली अनलाइन पोर्टल मुलपत्र…

सुडानका लगातारको भारी वर्षापछि गएको पहिरोमा परि १ हजार जना भन्दा बढिको ज्यान गएको छ । गत अगष्ट ३१ मा…

प्रतिकृयाहरू
...