Wednesday 17th June 2026

बैदेशिक शाखाहरूको चारबुँदे मागसहित महासंघ केन्द्रलाई संयुक्त ज्ञापनपत्र


नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा सहित कार्यसमितिलाई संयुक्त ज्ञापनपत्र हस्तान्तरण गरेका छन्।

ज्ञापनपत्रमा निर्वाचनमा मताधिकार सुनिश्चितता, केन्द्रीय कार्यसमितिमा वैदेशिक प्रतिनिधित्व, महासंघका गतिविधिमा समान सहभागिता, र सदस्यता पारदर्शितामा प्रवासको अवस्थाअनुसार लचिलोपन अपनाउन जोड दिइएको छ।

ज्ञापनपत्रमा यूरोप, युएई, जापान, बेल्जियम, कतार, कुवेत, बेलायत, दक्षिण कोरिया र भारत शाखाका अध्यक्षहरूको संयुक्त हस्ताक्षर रहेको छ।

बैदेशिक शाखाहरूले प्रवासी नेपाली पत्रकारिता सशक्त बनाउँदै राष्ट्रिय पत्रकारिता समृद्धिमा योगदान दिँदै आएको उल्लेख गर्दै, संघको लोकतान्त्रिक चरित्रलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

 


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...