Friday 1st May 2026

नेपटोन ब्यान्डको ‘मेरो मुस्कान’


निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ।

ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’, ‘पर्देशिको दशैँ तिहार’ जता गीतहरू प्रस्तुत गरिसकेका छन्। अब उनले आफ्नो अनुभव र सिर्जनशीलतालाई समूहगत स्वरूपमा उतार्दै नेपटोन ब्यान्डमार्फत नयाँ धुन र भावना दर्शक श्रोतासमक्ष ल्याउने प्रयास गरेका छन्। ब्यान्ड्मा रेवन श्रेष्ठ, अर्पन बिक, कुसल बिक, भुसन राई र सुरेन्द्र लिम्बु छन ।

पहिले ‘निरेम एन्ड राइभल्स’ नामले चिनिने यो समूह, केही सदस्यहरूको पुनर्संरचना र नयाँ भिजनसहित ‘नेपटोन’ नाममा परिवर्तन भएको हो। ‘नेपाली धुन’को भाव बोकेको यो नामसँगै ब्यान्डले आधुनिक ब्यान्ड साउन्ड र मौलिक नेपालीपनको सुमधुर संयोजन प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

‘मेरो मुस्कान’ गीतको संगीत, एरेन्ज, मिक्स र मास्टरिङ प्रतिभाशाली संगीतकार सुरज तामाङले गरेका छन्। गीतका शब्द पनि उनीकै सिर्जना हुन्, भने संगीत नेपटोन ब्यान्ड र सुरज तामाङको संयुक्त सहकार्यमा जन्मिएको हो। गायक आफैले निर्देशन गरेको भिडियोमा सुबोध गिरी र रबिना तुलाधर मुख्य कास्टको रूपमा देखिनेछन्। भिडियोको क्यामेरा, सम्पादन र कलर ग्रेडिङ स्वयं गायक सुरेन्द्र लिम्बु ले नै गरेका छन भने असिस्ट क्यामेरामा ब्राभिन्टन एन वाम्बुई (केन्या) को साथ रहेको छ।

सुरेन्द्र लिम्बु भन्छन्,
“नेपटोन हाम्रो सपना र विश्वासको प्रतीक हो। सोलो यात्रामा सिकेका अनुभव र सृजनात्मक ऊर्जालाई अब समूहको सामूहिक धुनमा परिणत गरिरहेका छौँ। ‘मेरो मुस्कान’ केवल गीत मात्र होइन, हाम्रो भावनात्मक कथा हो, जसले दर्शक श्रोतामा आत्मीयता भर्नेछ।”

व्यस्त दैनिकी र पेशागत जिम्मेवारीबीच समय व्यवस्थापन गर्दै तयार गरिएको यो गीत नेपटोन ब्यान्डको प्रतिबद्धता, लगनशीलता र संगीतप्रतिको प्रेमको सशक्त प्रमाण हो।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...