Sunday 14th December 2025

राष्ट्रप्रेमी बस्यालको हरियाली अभियान : कामाख्या मन्दिरमा लालीगुँरास


पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको छ । ‘एक घर, एक लालीगुँरास’ अभियानअन्तर्गत मन्दिर परिसरलाई हरित वातावरणीय सन्देशसहित अझ सुन्दर बनाउन प्रयास गरिएको हो ।

कार्यक्रममा वडा सदस्य टंक बस्याल, समाजसेवी सेरजङ थापा, मन्दिरका कर्मचारी र स्थानीयवासीहरूको सक्रिय सहभागिता थियो । वडा सदस्य बस्यालले “राष्ट्रप्रेमी बस्यालको यो पहलले गाउँमा हरियाली मात्र होइन, नयाँ पुस्तालाई पनि प्रकृतिप्रेम र संस्कृतिको महत्व सिकाएको छ ।

समाजसेवी थापाले वातावरण संरक्षण दीर्घकालीन जिम्मेवारी भएकाले सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए ।

अभियान्ता राष्ट्रप्रेमी बस्यालले “कामाख्या मन्दिर जस्तो ऐतिहासिक र धार्मिक स्थानमा लालीगुँरास रोपेर हामीले प्रकृतिप्रेम र संस्कृति प्रतिको सम्मानलाई एकैसाथ जोड्ने प्रयास गरेका छौँ । यसले हाम्रो धार्मिक पर्यटनलाई समेत सकारात्मक सन्देश पुर्‍याउने विश्वास लिएको बताए।

स्थानीयवासी र पर्यटकहरूले राष्ट्रप्रेमी बस्यालको यस अभियानले पाल्पामा मात्र होइन, आसपासका क्षेत्रमा पनि हरित चेतना र सामाजिक जागरणलाई नयाँ गति दिएको प्रतिक्रिया दिएका छन् ।
Sushil


सम्बन्धित शीर्षकहरु

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो…

नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च…

प्रतिकृयाहरू
...