Tuesday 14th July 2026

गुलेली काव्य “लक्ष्य” को तानसेन पाल्पामा लोकार्पण


नारायण कोइराला – गुलेली काव्य “लक्ष्य” को तानसेन पाल्पामा लोकार्पण भएको छ ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना साहित्यकार रोहित प्रसाद ज्ञवालीद्वारा लिखित गुलेली काव्य लक्ष्य लोकार्पण भएको हो । प्रमुख अतिथि गलेङ नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले, ” प्रनिष्ठानले निकै सराहनीय कार्यक्रम गर्दै आएको र नवीन कृतिको रूपमा गुलेली काव्य प्रकाशन भएकोमा नेपाली साहित्यमा थप योगदान पुगेको छ ” भनी लेखक र प्रतिष्ठानलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र ग‍ोपाल सिंह विशिष्ट अतिथिद्वयले शुभकामना मन्तव्य दिनुका साथै राधेश्याम ज्ञवाली , मुक्ति न्यौपाने , डा.शंकर गैरे,युवराज पौडेल , बाबुराम कार्की द्वारा प्रतिष्ठान, लेखक र कृतिको सफलताका लागि शुभकामना मन्तव्यका साथै लेखक रोहित प्रसाद ज्ञवालीद्वारा लेखकीय मन्तव्य व्यक्त गरिएको थियो ।

त्रिपदीय लघुतम गुलेली काव्य सङ्ग्रह लक्ष्यको समष्टिगत समीक्षा शीत काव्य समाज नेपालको केन्द्रीय कोषाध्यक्ष साहित्यकार इन्दिरा ज्ञवाली पौड्यालद्वारा गरिएको थियो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता र सदस्य पुनराम घिमिरेको स्वागतमा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव छबिलाल भुषालद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

हामी सबैको करेसाबारीमा सजिलै फलाउन सकिने र सबैको भान्सामा चल्ने भिण्डी (Okra/Lady Finger) एक पौष्टिक तरकारी हो । यसमा फाइबर,…

प्रतिकृयाहरू
...