झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी रहेका थिए । विशेष आतिथ्यतामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा लगायत कुवेतमा कृयाशिल विभिन्न संघ- सस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार , समाजसेवी, कलाकारहरुको उपस्थित रहेको थियो ।
समाजका संरक्षक गोविन्द प्रसाद तिम्सिनाको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव राम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बक्ताले शुभकामना सहित समाजले गरेको मानवीय र सामाजिक सेवाको प्रशंसा गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जोशीले प्रवासमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि सामाजिक कार्यमा सकृय रहेको भन्दै प्रशंसा गरेका थिए । कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि दूतावास सदैव तयार रहेको जोशीले बताए ।
कार्यक्रममा मगर संघ कुवेत, तमु समाज कुवेत र नेपाल कुवेत सास्कृतिक मन्चका कलाकाहरुले बेजोड साँस्कृतिक प्रस्तुति दिएका थिए । समाजले संरक्षक गोबिन्द प्रसाद तिम्सिनालाई उहाको योगदान को कदर गर्दै सम्मान गरेको थियो । समाजमा नयाँ ११ जनाले आजीवन सदस्यता लिएका थिए । त्यसैगरी निर्वाचन प्रमुख लोमश बास्तोला र सदस्य सचिव भुवन सुबेदीले निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए ।
झापाली समाज कुवेतको छैटौ महाधिवेशनबाट निर्वाचित २०२५–२०२७ लागि पदाधिकारी हरु
अध्यक्ष -लिला पान्डे
महिला उपाध्यक्ष -कल्पना कार्की
उपाध्यक्ष -प्रेम कार्की र राजिब बान्तवा राई
महासचिब -राम न्यौपाने
सचिब -गोबिन्द न्यौपाने
कोषाध्यक्ष -गोबिन्द कार्की
प्रवक्ता -कान्ति प्रसाद अधिकारी
युवा संयोजक -सागर जंग क्षेत्री
महिला संयोजक -सुजता बस्नेत
सदस्यहरुमा सुनीता चूड़ाल, अम्बिका थापा, सितादेवी भण्डारी, नवराज बिमली, विजय धिमाल, मनिष भट्टराई, दिपेन लिम्बु, किरण लिम्बु, सुबास राई, बबिता बराइली, तिलमाया पोखरेल, अम्बिका ढकाल भुर्तेल, मणी अधिकारी, मनिका मुखिया, डिल्ली कुमार आर्याल, राम कुमारी राई, रत्न माया नेम्बाङ, बिन्दु अधिकारी, ईन्दिरा बिष्ट, नबिन धिमाल र उद्धब अधिकारी रहेका छन