Monday 2nd March 2026

१६औं स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रम २०२५ सम्पन्न


नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” भव्य तथा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता महासंघ कुवेत शाखाका अध्यक्ष श्री एकराज मल्लले गर्नुभएको थियो भने, कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका महामहिम राजदूत श्री घनश्याम लम्सालको गरिमामय उपस्थिति रहेको थियो।

विशिष्ट अतिथिहरु श्री अमीश कार्की, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) कुवेतका देशीय संयोजक, श्री रणधोज लामा, एनआरएनए राष्ट्रिय परिषद् अध्यक्ष ,नेपाल दूतावास परिवार,कुवेतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, पत्रकारहरू तथा श्रमिक समुदायका सदस्यहरू को उपस्थिति रहेको थियो।

कार्यक्रममा श्रमिक अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्षेत्र, कुवेतको श्रम कानुन र प्रवासी नेपालीहरूको वर्तमान अवस्था विषयमा गहन छलफल गरिएको थियो। ILO संयोजक श्री अमीश कार्कीले प्रस्तुत गरेको श्रमिक सचेतना सम्बन्धी प्रस्तुति विशेष आकर्षणको विषय बनेको थियो।

त्यस्तै, “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार २०२५” यस वर्ष श्री सुरेश गुरुङलाई प्रदान गरियो। महामहिम राजदूतज्यूको हातबाट उहाँलाई प्रशंसा पत्र तथा ७५ कुवेती दिनार नगद राशिसहित सम्मान गरियो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष प्यानल छलफल थियो, जसमा श्री प्रेमराज गौतम (प्रथम सचिव, नेपाली दूतावास कुवेत), श्री अमीश कार्की, र श्री रणधोज लामा सहभागी हुनुहुन्थ्यो। छलफलको सञ्चालन पत्रकार दिपेन्द्र निरौलाले गर्नुभएको थियो।

कार्यक्रम महासंघका सचिव श्री आकाश शेर्पाले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा अल मुझैनी एक्सचेञ्जलगायत विभिन्न व्यावसायिक संस्थाहरूको आर्थिक तथा संस्थागत समर्थन रहेको थियो।

कार्यक्रमको सफल आयोजना र प्रवासी नेपाली श्रमिकको हकहितमा भएको यस प्रकारको सचेतना अभियानको उपस्थित सबैले प्रशंसा गरेका छन्।महासंघले भविष्यमा पनि यस्ता उपयोगी, सूचना मूलक र सशक्त कार्यक्रम निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

प्रतिकृयाहरू
...