Friday 16th January 2026

निर्मला हत्या प्रकरणमा सिअाइबी टोली माथि पनि संशय, छानविन गरिने


तितोपाटी – अब कञ्चनपुर निर्मला बलात्कार हत्याकाण्डले नयाँ मोड लिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीमाथि नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरेपछि यसले नयाँ मोड लिने भएको हो । समितिमा पाँच जना सदस्य छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारी र हत्यारालाई नछाड्न निर्देशन दिएपछि समितिले पन्त हत्याकाण्डको अनुसन्धान गर्न गएको टोलीमा संलग्नको बयान र अनुसन्धान गर्नुका साथै निलम्बनमा परेका एसपी डिल्लीराज विष्टसँग आवश्यक परे बयान दिने र गल्ती देखिए कारबाही गर्ने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...