तपाई राजावादी हो ? आज भोली धेरै ले सामना गर्ने गरेको सवाल यहि हो । मैले पनि यस प्रकारको प्रश्न को सामना गर्ने गरेको छु । कहिले एमाले, कहिले माओवादी,कहिले रास्वपा त कहिले राजावादी,कहिले स्वतन्त्र जस्तो मेरो अनुहार देखिन्छ होला । यसमा मेरो कुनै आपत्ति छैन । जसले जस्तो महसुस गर्दछ त्यसले त्यही धरातलबाट प्रश्न गर्दछ ।
बास्तविकता के हो भने म स्वतन्त्र हुँ । करिब २५ बर्ष यता म स्वतन्त्र छु । एक जमनामा एमालेले मलाई मज्जाले उपयोग गरेको थियो । अब मर्ने बेलामा हरियो काक्रो खोज्नु पनि छैन । मात्र एक चेतनशिल नागरिक को रुपमा हरेक दल, तिनका नेता, निती र क्रियाकलाप लाई राम्रो भए राम्रो र नराम्रो भए नराम्रो भन्न सक्ने जनता भईरहन पाउ भन्ने लाग्छ ।
आजभोली केही मानिसले तपाई राजावादी हो भन्ने प्रश्न गर्दछन । कहि समय पहिले रास्वपा हो भन्थे । बहुदलीय व्यवस्थामा जनता चलायमान भईरहन्छ । कार्यकर्ता ले जस्तो जुन झोला बोक्यो त्यसैको गायन्त्री मन्त्र जप्ने जनता को काम होईन । जनताको जहाँ आश मर्छ त्यसलाई त्याग्छन । जहाँ आशा जाग्छ त्यसको पक्षमा उभिन्छन । म पनि तिनै जनता मध्येको एक जना हो । म एक जनाले जता समर्थन वा विरोध गरे पनि त्यसले कसैलाई केही फरक पार्दैन तर म जस्ता हजारौ लाखौ एउटै विचारका पछि लागे त्यसले धेरै फरक पार्छ ।
तीन दलका तिन दशक हेरर अब यीनिहरुबाट देश बन्दैन भन्ने निश्कर्षमा पुगे पछि नयाँ युवा शक्तिलाई बल प्रदान गर्न लागियो । त्यसबेला म रास्वपा जस्तो देखिए । अहिले पनि मैले रास्वपा सँग आशा मारेको छैन । आजभोली देश राजावादी र ईतर-राजावादीको कित्तामा विभाजन भईरहदा रास्वपा मौन छ तर म मौन बस्ने बाध्यतामा छैन । रास्वपा माथि राज्यका संयन्त्रको दुरुपयोग गरेर सरकारले जे जे कामहरु गरयो त्यसले एक प्रकारको निराशा, आक्रोश र बेचैन पैदा गरिदिएको ठुलो शक्ति ले अहिले राजा चाहियो भनिरहेको छ । यो अवस्था निम्त्याउनमा सरकार नै जिम्मेवार छ ।
राजाको आव्हान लाई स्वीकार गर्दा यी असफल दलहरुबाट देश कतै मुक्त भई हाल्छ की भन्ने धेरै लाई लाग्न थालेको छ । रास्वपा जस्तो व्यवस्था होईन अवस्था परिवर्तन गर्छु भन्ने शक्तिलाई निषेध गरेको जनताले देखे पछि जनताले यीनलाई तह लगाउन सक्ने बैधानिक मार्ग कठिन रहेको महसुस गरेका छन । अहिले जनताले नेताहरुको चत्रिकला देखेर खराब त व्यवस्था नै हो भन्ने निश्कर्षमा पुगेका छन । गणतन्त्र मा हजारौ छोटे राजा महाराजा को जन्म भएको देखिन्छ । गणतन्त्रको यस संसदिय परिपार्टी भित्र कहिल्यै स्थिर सरकार बन्दैन र बने पनि टिक्दैन भन्ने पनि प्रष्ट देखिएको छ । प्रधानमन्त्री दलले चुन्ने हुदा उ जनताप्रति जवाफ देही नरहेको प्रष्ट बोध जनताले गरेका छन ।
राजा महाराजाहरुको ईतिहास राम्रै राम्रो छ भन्ने होईन तर हिजो को समय का राजा र उनको व्यवस्था को कुरा गरेर आज ल्याउने भनिएको राजा त्यही रुपमा देख्नु दुराशययुक्त छ । कस्तो राजा ल्याउने भन्ने त सकरात्मक रुपमा छलफल गर्दा तय हुने कुरा हुन तर यहाँ निषेध गर्ने काम हुदैछ । गणतन्त्र वा लोकतन्त्रमा निषेधको कुनै स्पेस हुदैन । राजा आए प्रलय नै हुन्छ भने झै गरेर अतिरन्जित व्याख्याहरु गर्नेहरु को दिमागी हालत ठिक छैन भन्ने देखिन्छ । मियो विनाको दाई भएको देशलाई ट्रयाकमा ल्याउन राजा र उनलाई सिमित र संकटकालिन अधिकार सहित स्थापित गर्दा दिल्लीका हातमा रहेको नेपाल को राजनिति को बागडोर केही हदसम्म देश भित्र नै फिर्ता हुने बुझाई आम सचेत नागरिक को रहेको छ । यहि कारणले दिल्ली ले शासित गर्नु भन्दा दरबार ले शासन गरोस भन्ने कुरा हरेक देशभक्तहरुलाई लाग्छ नै । मलाई पनि यहि लागेको हो । मेरो ब्रह्मले राजा अहिले देशको आवश्यकता हुन भन्ने देख्यो मैले समर्थन गरे । यसो गर्दा म कुन बादी भए त्यो थाहा छैन तर नेपालबादी चाही पक्कै हो ।
एमाले, कांग्रेस र माओवादी अहिले राजाले सास फेर्दा समेत कट्टु मुत्न थालेका छन । गणतन्त्रमा शुसान र जनताको अवस्थाको बारेमा सोचि दिएको भए अहिले यसरी डराउन पर्ने थिएन । राजा ल्याउने आन्दोलनको नेतृत्व जसले गरेको होस जनताले राजा ल्याउन सडक मा उत्रिएका हुन, राप्रपा वा दुर्गा प्रसाई लाई राजा बनाउन होईन । राजा ल्याउछु भनेर उफ्रिनेहरु को दल लाई जनताको समर्थन होईन उनीहरुले उठाएको मुद्धाको समर्थन गरेका हुन । राजालाई एमाले, कांग्रेस वा माओवादी सवै मिलेर ल्याउछौ भन्ने हो भने अहिले सडकमा उत्रिएका दल वा व्याक्तिको पछि कोही लाग्दैनन । भोली का दिनमा जनताले मत यीनै दल लाई दिन्छन । बुद्धि फिरे वा पश्चताप गरे जनताले सजिलै माफी गर्दछन । नेपाली जनता को मन कोमल छ । तर प्रष्ट भईसकेको कुरा के हो भने यी दलहरु झुक्न चाहादैनन । उनीहरुलाई झुक्न नदिने शक्ति छ । उनीहरु विगतमा विकेका छन । यीनमा देश हाक्ने योग्यता र क्षमता पनि छैन । यति कुरा ढिलै भए पनि जनताले बुझे त्यसैले राजा खोजिएको हो ।
यीनीहरुका हातमा देश आए पछि का ३५ बर्ष लाई केलाएर हेर्ने हो भने देश झनझन ओरालो लाग्दै गएको छ यसलाई कसैले नकार्न सक्दैन । तथ्यहरुले बोलेको कुरा हो यो । यीनलाई लुटि खान यहि लोकतन्त्र जोगाई रहनु पर्ने बाध्यता छ । देशका लागि र जनताको अवस्था बदल्न का लागि सोचि दिएको भए आज मुलुक को अवस्था यस्तो हुने थिएन । तिन दलिय तन्त्र को परिणाम देश लथालिंग भएको जनताले देखि सके । उनीहरुलाई यहि व्यवस्था भित्र विकल्प रोज्न बाट पनि यीनले रोके पछि अन्तिम विकल्प राजा लाई देख्नु अस्वभाविक छदैछैन । यसमा जनताले के विराए ? जनताले राजा को माग गर्न पाउनु पनि लोकतन्त्र ले दिएको अधिकार होईनर ?
देश वैदेशिक ऋणले घुडा टेकिसकेको छ । युवाहरुले मुलुक छाडेर गाउँहरु रित्ति सकेका छन, तैपनि नेताहरु ले देशको चिन्ता गरेनन । तीन दल का अधिकांश नेताहरु भ्रष्टचारमा लिप्त छन । राज्यका सवै अंग र निकायहरुमा राजनैतिक भागबण्डा गरिएको छ । वडा देखि मन्त्रालय सम्म भागबण्ड गरेर देश लुटिएको छ । यस्तो देखि देखि कसले यीनको जयजयकार गरोस । निमुखा जनताले न्याय पाउने भन्ने कुरा त साक्षात भगवान को दर्शन पाउनु सरह भएको छ । महंगी चरम छ । गरिबी बढदो छ । स्वास्थ्य र शिक्षामा जनताको पहुच पुग्न छोडिसकेको छ । राज्यले जनताबाट कर बाँच्दा मात्र होईन मर्दा पनि लिन थालेको छ । यस्तो अवस्थामा गणतन्त्र र लोकतन्त्रको जाप गरेर के हुन्छ ? आहारा खाने चरी आशिक ले बाँच्ने भए मान्न सकिन्थ्यो होला ।
अहिले तीन दल मिलेर राजावादीहरुको विरुद्ध एक हुने भनेको सुनिन्छ । तीनै दलका नेताहरुले राजालाई कारबाही गर्ने प्रत्यक्ष वा परोक्ष धम्कि दिन थालेका छन । सत्ता हातमा छ सिधै राजालाई गिरप्तार गरे भईहालो नी । तिनलाई कसले रोकेको छ । तर त्यो हिम्मत यीनीहरुमा छैन । गलत राजा होईन, यीनिहरु छन । यीनले राजा सँग ५ बुदे संझौता गरेर धोकाधाडी गरेका छन । पश्चिमाहरुको हण्डि खाएर जनता र आन्दोलन ले मान्यता नदिएको र समर्थन नगरेको मुद्धा बोकेका छन । हिन्दु राज्य हटाउने, राजतन्त्र फाल्ने र संघियता लाद्ने आन्दोलनको माग थिएन भन्ने त प्रष्टै भईसक्यो नी । तै पनि यी बेईमानहरुको शासन जनताले यतिका बर्ष सहेर बसि रहेका थिए । कुनै पनि कुराको हद हुन्छ । यीन ले त्यो हद र सिमा सवै पार गरिसकेका छन अब यीनीहरु सवै एकै ठाउँमा उभिए पनि परिवर्तन लाई कसैले रोक्न सक्दैन । यीनका दिन त सकिए सकिए ।