Thursday 23rd July 2026

प्रवासी नेपाली मञ्च कुवेतको सहयोगमा लाते तामाङको शव नेपाल पठाइयो


मकवानपुर स्थायी घर भएका ४७ वर्षीय लाते तामाङको शव कुवेतबाट नेपाल पठाइएको छ। तामाङ १७ वर्षअघि रोजगारीका लागि कुवेत गएका थिए, तर पछिल्लो समय उनी अवैधानिक रूपमा त्यहाँ बसेका थिए।

लामो समयदेखि कुवेतमा कार्यरत तामाङको स्वास्थ्य अवस्था केही महिनादेखि खराब थियो। करिब ३-४ महिनाअघि अस्पताल भर्ना भएका उनलाई उपचारका क्रममा स्वास्थ्य अवस्था झन् जटिल भएपछि निधन भएको थियो।

उनको शव अस्पतालमै रहेको थियो भने नेपाल पठाउन लाग्ने खर्च अभावका कारण समस्या भएको थियो। यसै क्रममा नेपाल सरकारको अनुरोधमा प्रवासी नेपाली मञ्च कुवेतले शव पठाउन लाग्ने ३८५ केडि (करिब १ लाख ७० हजार नेपाली रुपैयाँ) सहयोग गरेको हो। यो रकम प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषमार्फत प्रदान गरिएको हो।

उनको शव कुवेत एयरवेजमार्फत नेपाल पठाइएको छ, जसको एयर वेबिल नम्बर 229-1738 6165 रहेको छ। विमान कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने तालिका छ।

प्रवासी नेपाली मञ्च कुवेतका प्रतिनिधिहरूका अनुसार अवैधानिक रूपमा बसेका नेपालीहरू आपतकालीन अवस्थामा परेको खण्डमा उचित कानुनी प्रक्रियाबिना ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई कानुनी रूपमा बस्न र समयमै कागजात नवीकरण गर्न सुझाव दिइएको छ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...