Monday 19th October 2026

तमू समाज कुवेतद्धारा ‘९ औं बृहत रक्तदान कार्यक्रम’ मे २३ तारिख गर्ने


कुवेत सिटी – “रक्तदान जीवन दान” भन्ने नारा सहित तमू समाज कुवेतद्धारा ९ औं बृहत रक्तदान कार्यक्रम आगामी मे २३ तारिख २०२५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन।

तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। तमू समाज कुवेतले यो ९औं पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो।समाजले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई कुबेतमा रगत उपलब्ध गराउदै आएको छ।

रगत बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि कुवेतमा क्रियाशील नेपाली संघ सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु लाई तमू समाज कुवेतले अनुरोध गरेको छ। 


रक्तदान कार्यक्रमको मिति,समय र स्थान निम्न रहेको छ ।


मिति : शुक्रबार, २३ मे २०२५ 

समय : दिनको ठिक १:०० बजे
स्थान : सैन्ट्रल ब्लड बैंक जाब्रिया कुवेत


सम्बन्धित शीर्षकहरु

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

प्रतिकृयाहरू
...