Monday 5th January 2026

१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स बन्याे पहिलो एनपीएल च्याम्पियन्स


१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै एैतिहासिक जित हात पार्न सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट पुरा गरेको हो । जनकपुरको जितमा ओपनर लहिरू मिलान्थाले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए । ४९ बलमा ९ चाैका र ४ छक्का प्रहार गरेका मिलान्थाले जनकपुरलाइ विजेता बनाउन सफल भए ।

सुदूरपश्चिमले यसै प्रतियोगितामा जनकपुरलाई दुई पटक पराजित गरी फाइनलमा पुगेको थियो । जनकपुरलाई क्वालिफायर १ मा ८ विकेटले सहजै पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो भने जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पारी सुदूरपश्चिमसँग फाइनलमा भिडेको थियो ।


सम्बन्धित शीर्षकहरु

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन…

बिहीबार इरानी तीन शहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा छ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ -…

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका…

प्रतिकृयाहरू
...