Saturday 8th November 2025

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा निर्वाचित


नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् ।

मधेस प्रदेशको मत गणना जारी रहँदा शर्मा विजयी भएकी हुन् । महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयन गर्न शुक्रबार एकैसाथ निर्वाचन भएको थियो ।

मतगणनाको पछिल्लो परिणामअनुसार शर्माले मधेस प्रदेशबाहेकबाट ३ हजार ९ सय ७३ मत पाएकी छन् । उनका प्रतिस्पर्धी विष्टले २ हजार ८ सय २९ मत पाएको निर्वाचन समितिलने जनाएको छ । उनीहरुबीचको मतान्तर १ हजार १ सय ४४ छ ।

मधेश प्रदेशमा कूल खसेको मत संख्या ७ सय ७२ हो । जुन शर्मा र विष्टबीचको मतान्तरभन्दा धेरै हो । गन्न बाँकी शतप्रतिशत मत विष्टले पाए पनि शर्मा निर्वाचित हुनेछिन् ।
योसँगै पत्रकार महासंघको स्थापनाकालदेखि हालसम्म महिला अध्यक्ष हुने शर्मा पहिलो हुन् । शर्मालाई सत्तारुढ काँग्रेस निकट नेपाल प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले समर्थन गरेको थियो । प्रेस युनियनबाट विद्रोह गरेका विष्टलाई माओवादीनिकट प्रेस सेन्टर, नेकपा

एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनलगायतको समर्थन थियो । अध्यक्षबाहेकका अधिकांश पदाधिकारीमा पनि शर्मा प्यानलका उम्मेदवार जितनिकट छन् ।

शर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल, समावेशी उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले अग्रता लिएका छन् ।

यसैबीच मतगणनाको औपचारिक परिणाम भने आइतबार मात्र सार्वजनिक गरिने केन्द्रीय निर्वाचन परिचालन समितिले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...