Monday 28th July 2025

निर्मला पन्त हत्या प्रकरण : उच्चस्तरीय छानबिन समितिका सदस्य केसीले दिए राजीनामा


तीतोपाटी- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि राजीनामा दिएका हुन्।

उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन्। उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताए। ‘म्याद थप भएपछि मैले समितिमा बसिरहन उपयुक्त ठानेन,’ केसीले भने, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ।’

केसीले १५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने विज्ञप्तीमा उल्लेख गरेका छन्। समितिको १५ दिनको म्याद आइतबार समाप्त भएको हो। २५ दिन भन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ। उनले समितिबाट राजीनामा दिएको कुरा हुलाकमार्फत संयोजक र गृह मन्त्रालयमा पठाएको बताए।

केसीले यस विषयमा छानबिन समितिका संयोजक हरिप्रसाद मैनाली र गृह मन्त्रालयमासमेत जानकारी गराएको बताए। उनले भदौ १८ मै सरकारसमक्ष जिम्मेवारीबाट हटेको जानकारी दिन निवेदन पेश गरे पनि संयोजकको आग्रह र सल्लाह बमोजिम समितिमा पुन: छानबिनमा संलग्न भएको बताए।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...