Sunday 11th January 2026

फुटबलमा ११ वर्षपछि नेपालको अफगानिस्तानसँग बदला


नेपालले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हराएको छ । शनिबार ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन मनीष डांगी र रोहित चन्दले गोल गरे । फिफा वरीयतामा २५ स्थान माथिको अफगानिस्तानविरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा दबाब बनाउँदै दुई गोल गर्न सफल भयो । नेपालले ११ वर्षपछि अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको हो । सन् २०१३ मा नेपाल दशरथ रंगशालामै अफगानिस्तानसँग दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको थियो । त्यसअघि नेपालले सन् २०११ मा दशरथ रंगशालामै अफगानिस्तानलाई भरत खवासको गोलमा १–० ले पराजित गरेको थियो ।
दोस्रो खेलमा प्रशिक्षक नवीन न्यौपानेले रक्षक रन्दीप पौडेललाई डेब्यु गराएका हुन् । भिन्सेन्जो अल्बेर्टाेलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सम्झौता नगरेपछि न्यौपाने अन्तरिम प्रशिक्षक बनेका हुन् । चेतन घिमिरे सहयक प्रशिक्षकको जिम्मेवारीमा छन् । दुबैले जिम्मेवारी पाएको दोस्रो खेलमै सफल नतिजा निकाल्न सफल भए ।
यसअघि नेपालले १३ खेलसम्म जित निकाल्न सकेको थिएन । यसअघि पहिलो खेलमा रोहन कार्की र निराजन धामीले डेब्यु पाएका थिए । चारमध्ये रक्षक अभिषेक वाइबाले डेब्यु गर्न बाँकी रह्यो । यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो । ताजकिस्तान नेपालभन्दा ५१ स्थानमाथि छ । हाल ताजकिस्तान १०५, अफगानिस्तान १५१ र १७६औँ स्थानमा छन् ।
बुधबार पाँच महिनापछि मैदान फर्किएको सिनियर टोली ताजकिस्तानसँग ४–० ले भयो । वर्षा र चिसो मौसमबिच घरेलु मैदानमा ताजकिस्तानले उत्कृष्ट खेल खेलेको थियो । पहिलो हाफमै उसले तीन गोल गर्न गर्‍यो । डुसान्वेमा प्रशिक्षक नवीन न्यौपालेले यू–२० टिमबाट खेलिसकेका रोहन कार्की र नीराजन धामीलाई डेब्यु गराएका थिए । रोहनले पहिलो ११ मै खेले भने नीराजन खेलको ७४औँ मिनेटमा मैदान प्रवेश गरेका हुन् ।
राष्ट्रका लागि रोहितको पहिलो गोल
नेपालको जितमा मनीष डांगी र रक्षक रोहितेचन्दले गोल गरे । मनीषले खेलको ४६औँ मिनेटमा अग्रता दिलाए । रोहितले खेलको ७८औँ मिनेटमा दोस्रो गोल गरेका हुन् । रोहितको यो राष्ट्रका लागि पहिलो गोल हो । बक्सभित्र अनमार्क रहेका रोहितको प्रहारलाई अफगानिस्तानका रक्षक गोलकिपरले रोक्न सकेनन् । यसअघि रोहितले सन् २००९ मा प्यालेस्टाइनविरुद्ध १७ वर्षको उमेरमा डेब्यु गरेका थिए ।
१३ खेलपछि नेपालको जित
नेपालले १३ खेलपछि अन्तर्राष्ट्रिय फुटबलमा जित निकालेको छ । यसअघि नेपालले १२ असार ०८० मा पाकिस्तानलाई हराएको थियो । त्यसपछि नेपालले तीन खेलमा बराबरी गर्दा १० खेलमा पराजित भएको थियो । १ वर्षपछि जित निकाल्दा नेपाल, म्यानमार, लाओस, युएई, यमन, मलेसिया, बहराइन, इंग्लान्ड ‘सी’ सँग पराजित भएको थियो । यसबिचमा नेपालले सबैभन्दा ठुलो हार बहराइनसँग ५–० को व्यहोरेको छ ।
अफगानिस्तानसँग पछिल्लो भेट
नेपालले ११ वर्षपछि अफगानिस्तानसँग खेलेको हो । यसअघि सन् २०१३ मा दशरथ रंगशालामा नेपालले अफगानिस्तानसँग पछिल्लोपटक भेटेको थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको हो । तत्कालिन समय अफगानिस्तानसँग खेलेका कप्तान किरणकुमार लिम्बूसहित रक्षक रोहित चन्द र स्ट्राइकर भरत खवास वर्तमान टोलीमा छन् । त्यतिवेलैदेखि अफगानिस्तानले साफ च्याम्पियनसिप खेल्न छाडेर मध्य एसियाली फुटबल संघ (काफा)को सदस्यता लियो । उसको अधिकांश खेलाडी युरोपमा खेलिरहेका छन् । नयाँ पत्रिका बाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...