Saturday 18th May 2024

युएस अोपनमा पहिलो पटक जापानी खेलाडीले उपाधि जितिन्


तितोपाटी – युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् ।

खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् ।

खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवाना समेत गरिएको थियो । दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै र्याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन् । यही सेटमा नाओमीले ५–३ को अग्रता समेत लिएकी थिइन् ।

खेल समाप्ती पश्चात् प्रतिक्रिया दिँदै ओशाकाले सेरेनाको चर्को आवाजले आर्थर एस रंगशाला नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढङ्गबाट लिएको बताइन् । उनले भनिन्, “मलाई अतिरिक्त प्वाइन्ट दिइएको थियो, र यसबाट म केही असमन्जसमा परेकी थिएँ । तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ । सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ ।”

एक छोरीकी आमा सेरेनाले २४औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने अपेक्षा राखेकी थिइन् । नाओमीलाई युएस ओपनको कप दिँदा दर्शक दिर्घाबाट असन्तोष समेत प्रकट भएको थियो ।

तर सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन् , “होइन, नाओमीले ज्यादै राम्रो खेलिन् । यो उनको पहिलो ग्रान्डस्लाम हो । हामी सबैले उनलाई सम्मान गर्नु पर्दछ ।”

सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, “युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो । मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु ।”

मार्चमै भएको इन्डियन्स वेल्स प्रतियोगितामा समेत नाओमीले सेरेनालाई पराजित गरेकी थिइन् । एएफपी


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...