Friday 20th February 2026

युएस अोपनमा पहिलो पटक जापानी खेलाडीले उपाधि जितिन्


तितोपाटी – युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् ।

खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् ।

खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवाना समेत गरिएको थियो । दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै र्याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन् । यही सेटमा नाओमीले ५–३ को अग्रता समेत लिएकी थिइन् ।

खेल समाप्ती पश्चात् प्रतिक्रिया दिँदै ओशाकाले सेरेनाको चर्को आवाजले आर्थर एस रंगशाला नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढङ्गबाट लिएको बताइन् । उनले भनिन्, “मलाई अतिरिक्त प्वाइन्ट दिइएको थियो, र यसबाट म केही असमन्जसमा परेकी थिएँ । तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ । सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ ।”

एक छोरीकी आमा सेरेनाले २४औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने अपेक्षा राखेकी थिइन् । नाओमीलाई युएस ओपनको कप दिँदा दर्शक दिर्घाबाट असन्तोष समेत प्रकट भएको थियो ।

तर सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन् , “होइन, नाओमीले ज्यादै राम्रो खेलिन् । यो उनको पहिलो ग्रान्डस्लाम हो । हामी सबैले उनलाई सम्मान गर्नु पर्दछ ।”

सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, “युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो । मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु ।”

मार्चमै भएको इन्डियन्स वेल्स प्रतियोगितामा समेत नाओमीले सेरेनालाई पराजित गरेकी थिइन् । एएफपी


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...