Sunday 26th May 2024

साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश


साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए । नेपालले सेमिफाइनल यात्राको लागि नेपाललाई जित्नै पर्ने आवश्यकता थियो। पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि नेपाललाई जित्नै पर्ने दबाब परेको थियो।

नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन्।

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह ‘ए’ को बिजेता पनि बन्यो ।

नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएको थियो । यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । विदेशी प्रशिक्षकमा सन् १९९९ मा जर्मनका फ्राङ्क स्टेप्लर, २०११ मा इंग्ल्यान्डका ग्राहम रोबर्टस् र २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

नेपालले अब सेमिफाइनलामा खेल्ने प्रतिद्वन्द्वीको निर्णय आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले गर्ने छ ।


सम्बन्धित शीर्षकहरु

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

प्रतिकृयाहरू
...