Sunday 11th October 2026

कुवेतको नेपाली दूतावासद्वारा ७५९ जना नेपाली श्रमिकको उद्दार


तीतोपाटी – कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना नेपाली श्रमिकको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना श्रमिकलाइ दूतावासको समन्वय र सहजीकरणमा कानुनी प्रकृया पुरा नेपाल पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले बताउनु भयो ।

राजदूत लम्सालका अनुसार यस अवधिमा ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरण बाहेक) प्रमाणित गरिएको, १३ हजार ४ सय ७८ राहदानी नविकरण गरि जारी गरिएको, ३ हजार ७ सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका ३ हजार २ सय सहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपुर्ति रकम १ लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको छ ।

अहिले पनि ५१ जना नेपाली विभिन्न केशमा अदालतको निणर्य बमोजिम कुवेतका जेलमा सजायँ भोगिरहेका छन् । जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, ४ जना मादक पदार्थको किनवेचमा, २ जना हत्या अपराधमा सजायँ पाएकाहरू लगायत छन् ।

यस अवधिमा कुवेत र इराकमा गरि ६३ जना नेपालीको ज्यान गएको छ जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाइ अस्पतालबाट उद्दार गरि नेपाल पठाइएको र ४ जना अझै पनि अस्पतालका सैय्यामा रहेको जानकारी दिइएको छ ।

नेपाली राजदूतावास कुवेतले आयोजना गरेको राजनीतिक दलका भातृ संगठन, एनआरएनए कुवेत र नेपाल पत्रकार महासंघ सँगको सामुहिक छलफलपछि बोल्दै राजदूत लम्सालले सो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...