Sunday 8th June 2025

कुवेतको नेपाली दूतावासद्वारा ७५९ जना नेपाली श्रमिकको उद्दार


तीतोपाटी – कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना नेपाली श्रमिकको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना श्रमिकलाइ दूतावासको समन्वय र सहजीकरणमा कानुनी प्रकृया पुरा नेपाल पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले बताउनु भयो ।

राजदूत लम्सालका अनुसार यस अवधिमा ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरण बाहेक) प्रमाणित गरिएको, १३ हजार ४ सय ७८ राहदानी नविकरण गरि जारी गरिएको, ३ हजार ७ सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका ३ हजार २ सय सहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपुर्ति रकम १ लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको छ ।

अहिले पनि ५१ जना नेपाली विभिन्न केशमा अदालतको निणर्य बमोजिम कुवेतका जेलमा सजायँ भोगिरहेका छन् । जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, ४ जना मादक पदार्थको किनवेचमा, २ जना हत्या अपराधमा सजायँ पाएकाहरू लगायत छन् ।

यस अवधिमा कुवेत र इराकमा गरि ६३ जना नेपालीको ज्यान गएको छ जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाइ अस्पतालबाट उद्दार गरि नेपाल पठाइएको र ४ जना अझै पनि अस्पतालका सैय्यामा रहेको जानकारी दिइएको छ ।

नेपाली राजदूतावास कुवेतले आयोजना गरेको राजनीतिक दलका भातृ संगठन, एनआरएनए कुवेत र नेपाल पत्रकार महासंघ सँगको सामुहिक छलफलपछि बोल्दै राजदूत लम्सालले सो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।


सम्बन्धित शीर्षकहरु

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर…

वाशिंगटन: संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहन्तमा ड्रोन आक्रमणको बारेमा युक्रेन विरुद्ध दिएको धम्कीपूर्ण बदला अझै गम्भीरतापूर्वक…

प्रतिकृयाहरू
...