Saturday 16th May 2026

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार


फकिर कुवेत, १८ जुलाई
रोजगारीको लागी कुवेत आएकी ४८ बर्षिया कल्पना भुजेलको मृत्यु भएको छ । शिवसतासी नगरपालिका – २ झापा स्थायी घर भएकी भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो ।
नेपाली राजदूतावास कुवेतका अनुशार उनलाई स्वास्थ्यमा समस्या थियो । स्वास्थ्य स्थिति नाजुक हुँदै गएपछि उनी जाब्रिया स्थिति नेपाली दूतावासको सम्पर्कमा गएको थिईन । करिब तीन साता दूतावासको संरक्षणमा बसेकी कल्पनाको स्वास्थ्य स्थिति झन् गम्भीर हुँदै गएपछी अस्पताल पठाईएको नेपाली दूतावासले जनाएको छ । ‘उहाँ बिरामी भएर दूतावासमा आउनुभएको थियो । बीस दिनजति हाम्रै संरक्षणमा बसेपछी स्वास्थ्य झन् खराब भएर एम्बुलेन्स बोलाएर अस्पताल पठाईएको हो ।’ नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले भने । ‘अस्पतालले डेथ सर्टिफिकेट नदिई सकेकाले मृत्युको एकिन कारण खुलिसकेको छैन । तर, उहाँ हाम्रो सम्पर्कमा आउँदादेखि नै बिमारी हुनुहुन्थ्यो ।’ गौतमले बताए । ‘उहाँलाई मैले अस्पतालमै गएर भेटेको । ‘खानमन नलाग्ने, बान्ता हुने जस्ता लक्षण छ भन्नुहुन्थ्यो’ अस्पतालमै पुगेर मृतक कल्पनालाई भेटि कुराकानी गरेर फर्किएका झापाली समाज कुवेतका अध्यक्ष राजु धिमालले बताए ।

लाख लिएर एजेण्ट फरार

मृतक भुजेल नेपालबाट एजेण्टका रुपमा काम गर्ने भद्रपुर नगरपालिका – ४ राईटोल झापा स्थायी ठेगाना भएका धनिराम राई भन्ने ब्यक्तिको माध्यमबाट कुवेत आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यसैबिच कल्पनाको मृत्यु हुनुभन्दा पहिले नेपाल फर्काईदिन्छु भन्दै एकलाख नेपाली पैसा लिएर कुवेत बस्दै आएका एकजना ब्यक्ति भने फरार भएका छन् । समाजका अध्यक्ष धिमालका अनुशार कल्पना बिरामी भएर काममा जान नसकेपछि उनले कुवेतमै रहेका दिपक अधिकारी भन्ने अर्का एक ब्यक्ति ( कुवेतको एजेण्ट ) लाई घर फर्काईदिन अनुरोध गरेकी थिईन । उनले एकलाख दिए घर पठाईदिने भनेपछी कल्पना ( मृतक )को नेपालका आफन्तले दिपक ( एजेण्ट ) को आफन्तको खाता मार्फत एक लाख दिएका थिए । निरेमलाई प्राप्त प्रमाण अनुशार इलाम स्थित नेपाल एसबिआई बैंक मार्फत अधिकारीको आफन्त मिरा रानामगरको खातामा सो पैसा हालिएको देखिन्छ । नेपालमा उक्त पैसा पाएपछी कुवेतको एजेण्ट भनिएका अधिकारी भने फरार थिए । फरार अधिकारीलाई कुवेत प्रहरीले पक्रेर नेपाल ‘डिपोर्ट’ गरिसकेको बुझिन्छ ।

४८ बर्षमा कुवेत
सामान्यतया मान्छेको चाहना हुन्छ कमाउन , पढ्न वा घुमफिर जे गर्न भएपनी उमेरमा एकचोटी बिदेश जाने ।तर, मृतक कल्पनाको सन्दर्भमा भने निकै रोचक तथ्य भेटिएको छ । हाम्रा स्रोतहरुबाट प्राप्त उनको नागरिकता अनुशार उनी जीन्दगीको आधाभन्दा धेरै उमेर गैसकेपछि करिब ४८ बर्षको उमेरमा कुवेत आएको तथ्य भेटिएको छ । उनी ५ महिनाअघि मात्रै कुवेत आएकी थिईन् ।नागरिकताको जन्म मिति अनुशार उनी ४७ पुगेर ४८ बर्ष लागेपछी कुवेत आएको पुष्टी हुन्छ । कुवेतमा पहिलो पटक नेपाली कामदार ल्याउँदा प्राय कम्पनीहरुले २१ देखी ३० बर्षसम्मका फ्रेस तथा युवाहरु खोज्दछ तर एजेण्टकै भर परे उनी जीन्दगीको प्रौढ कालमा बिदेश आएकी थिईन् ।

‘ईलिगल’ हुँदा शव पठाउँन गार्हो
प्राप्त सूचनाहरु अनुशार मृतक कल्पना भुजेल गैरकानुनी रुपमा कुवेत बस्दै आएको खुलेको छ । गैरकानुनी रुपमा भारतको हवाईमार्ग हुँदै कुवेत आएकी उनको ‘ईलिगल’ बसाई भएकाले मृत्युपछी कुवेत सरकारको नियमानुशार गर्नुपर्ने प्रकृया पुरा गर्नको लागी समस्या भएको छ । प्रकृया नपुर्याई शव नेपाल पठाउँन पाईदैन तर त्यो पूरा गर्न ईलिगल भएकाले बिभिन्न कठिनाईहरु हुन्छन् । जसले गर्दा मृतक भुजेलको शव मुबारक अस्पतालमै छ । शव नेपाल पठाउन आवश्यक प्रकृया सुरु गरिसकेको भने नेपाली दूतावास कुवेतले जनाएको छ ।

बढ्दो ठगी
कमाईका हिसाबले मध्यपूर्वको आर्कषक श्रम गन्तब्य मध्यको एक कुवेतमा ठगीका घटनाहरु बढ्न थालेका छन् । बिशेष गरेर घरेलु कामदारको रुपमा कुवेत आएका अशिक्षित महिला र गैरकानुनी( ईलिगल ) रुपमा बसिरहेका महिलाहरु ठगको निशानामा पर्ने गरेका छन् । एजेण्टका रुपमा काम गर्ने बिचौलियाहरुले नेपालको एयरपोर्ट नभइ भारत लगायत अन्य देशको बाटो हुँदै महिलाहरुलाई कुवेत तथा अरबको अन्य देशहरुमा पठाउँने गरेका छन् ।
बैधानिक रुममा घरेलु कामदारको रुपमा कुवेत आउन पाईदैन । सरकारले बैधानिक बाटो बन्द गरिदिएपछी बिभिन्न अन्य अबैधानिक र गैरकानुनी तरिकाले कुवेत आउँने महिलाहरुको संख्या बढ्दो छ । जसले गर्दा ठगीका साथै अकाल मृत्युका घटनाहरु दिनदिनै बढिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...