Sunday 6th July 2025

कुवेतमा घरेलु कामदारले निजि क्षेत्रमा भिसा लगाउन सक्ने


कुवेतमा घरेलु कामदारले जुलाई १४ देखि आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न सक्ने भएका छन्। यो अवधि सेप्टेम्बर १२ सम्म रहनेछ। अरब टाइम का अनुशार उपप्रधान, रक्षा, र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफले घरेलु कामदारलाई निजी क्षेत्रमा स्थानान्तरण गर्ने नियमन गर्ने निर्णय जारी गरेका छन्।

भिसा परिवर्तन गर्न पुरा गर्नुपर्ने नियमहरू निम्न छन्:

– स्थानान्तरण वर्तमान रोजगारदाता (स्पोन्सर)द्वारा अनुमोदित (स्वीकृत) हुनुपर्नेछ।
– कामदारले हालको रोजगारदातासँग कम्तिमा एक वर्ष काम गरेको हुनुपर्नेछ।
-५० दिनारको स्थानान्तरण (भिसा परिवर्तन) शुल्क लाग्नेछ, साथै प्रत्येक वर्ष सेवाको लागि थप १० दिनार लाग्नेछ।


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...