Friday 31st July 2026

तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुराचारमा दोषी ठहर


आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुराचारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । सरकारी अभियोजनकर्ताहरूले बमजनलाई १२ देखि १४ वर्षको जेलसजाय माग गरेका छन्। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्।

बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने जिल्ला अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क१) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो ।

गत पुसमा प्रहरीले यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई पक्राउ गरी उनीविरुद्ध सुरुमा जाहेरी परेको सर्लाही लगेको थियो।
आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

प्रहरीका अनुसार बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी परेको थियो।
पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही “अनुयायी” त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो। त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...