Friday 23rd January 2026

शहिद लखन थापा मगर गोल्ड कपको बाँकी खेलहरु जुलाई ५ तारिक खेलाइने


२४ जुन २०२४, कुवेत / नेपाल मगर संघ शाखा कुवेतको आयोजना प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता को बाँकी खेल क्वार्टर फाईनल,सेमिफाईनल,फाईनल खेलहरु आगामी ५ जुलाई २०२४ शुक्रबारका दिन बिहानको ठिक ०७.०० बजे देखी कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा खेलाइने समाजको माहसचिब श्रवण गाहा मगरले मिडिया लाई जानकारी दिएको छ।

उक्त दिन हुने क्वार्टर फाईनल पहिलो खेल पोल (ए)बाट,पुर्व पश्चिम ब्रदर्स र लाफा समाज,बिच हुने छ। भने पोल(बी) बाट लाली गुराँस र नेपाल स्टार बिच खेल्ने छन। (ए)पोल बाट कल्याणकारी युवा समाज र (बी) पोल बाट लुम्बिनी समाज कुबेत सेमीफाइनल मा पुगी सकेका छन। खेल बिहानको ठिक ०७.०० बजे देखी खेलाइने छ। उक्त दिन हुने खेलमा तोकिएको समयमा खेलाडीहरु उपस्थित हुन नसकेमा Disqualified गरीने आयोजकले जानकारी दिएको छ। उक्त खेल हेर्न पनि आयोजक नेपाल मगर संघ शाखा कुवेतले सम्पूर्ण कुवेतवासी नेपालीहरु लाई अनुरोध गरेको छ।

टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:
गोल्ड कप संयोजक – मनु भुजेल मगर – ६९३३३८८३
महासचिव – श्रवण गाहा मगर – ६९०५८०२७
आयोजक – नेपाल मगर संघ शाखा कुवेत


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...