Tuesday 14th July 2026

३ वर्ष अघि कुवेत अाएकी हेमा मगर सम्पर्क बिहिन, खोजीको लागी परिवारको अाग्रह


तीतोपाटी डट कम- रोजगारीको लागि कुवेत आएका नवलपरासी बर्दाघाट नगरपालिका वार्ड नं ५ स्थायी निवासी हेमा मगर विगत तिन वर्षदेखि सम्पर्क बिहिन रहेकोले खोजिदिनको लागि परिवारले आग्रह गरेका छन् |

मगरका ससुरा हर्कबहादुरद्वारा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीलाई सम्बोधन गर्दै खोजी दिन आग्रह सहितको निवेदन पेश गरेको छ | निवेदनमा जनाए अनुसार श्रीमानको साथ् एक छोरी र दुइ छोरा रहेको मगर २०७२ साल जेष्ठ ५ गते रोजगारीको लागि घर बाट हिडेको बताइएको छ |

हेमा थापा मगरका ससुराद्वारा लिखित निवेदन
घरपरिवारलाई थाहा नै नदिई भुमिगतरुपमा पासपोर्ट बनाएर भिसा लगाएर उनले विदेश उड्ने बेलामा मात्रै जानकारी गराएको श्रीमान नर बहादुर थापा मगरले बताए | श्रीमतीलाई धेरै सम्झाउन खोजे पनि नमानेको र विदेश हिडेको बताउछन् | छोराछोरी साना छन् यतीवेला उनिहरुलाई तिम्रो सख्त जरुरत छ,तिमी फर्क म काठमाण्डौ लिन आउँछु भनेर पटक पटक अनुरोध गर्दा यदी आफुलाई फर्काउन वा कुनै अवरोध गर्ने कोशिस गरेमा आत्महत्या गर्ने चेतावनी दिएको कारण काठमाण्डौ नगएकोले उनी कुन एजेन्ट वा मेनपावरद्वारा कुवेत उडेकी हुन् भन्ने कुरा थाहा नभएको परिवारले जानकारी दिए |

नेपालमा क्रियाशिल विभिन्न सहयोगी संस्थाहरुमा श्रीमती खोजी गरिदिनको लागी निवेदन दिए पनि अहिलेसम्म कतैबाट कुनै पहल नभएको कारण परिवार दुखित रहेको छ | परिवारबाट जस्तो अवस्थामा भए पनि घर फर्कन हेमालाई आग्रह गरेको छ | हेमालाई खोजी गरी सकुशल नेपाल फर्काइदिन सहयोग गर्नु हुन कुवेत नेपाली एकता समाज लगायत कुवेतमा क्रियाशिल संघसंस्था,समाजसेवी,पत्रकार तथा सम्पुर्ण नेपाली जनसमुदाय समक्ष अपिल गरिएकोछ।

कुवेतमा हेमा थापा मगर नाम गरेका व्यक्तिलाई भेट्नुहुने देख्नु हुने वा चिन्नु भएमा खुम रायामाझी ९७२२४९०८,निम बुढा मगर ६६९७५७१४,रुपेन्द्र विक्रम हमाल ६५६९२१२१ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

हामी सबैको करेसाबारीमा सजिलै फलाउन सकिने र सबैको भान्सामा चल्ने भिण्डी (Okra/Lady Finger) एक पौष्टिक तरकारी हो । यसमा फाइबर,…

प्रतिकृयाहरू
...