Sunday 11th May 2025

हङकङसँग खेल हारेर नेपाल एसिया कप छनाैट चरणबाट बाहिरियो


तितोपाटी – मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा अाज मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । हङकङ सँग हारे सँगै नेपालले एसिया कप क्रिकेट खेल्ने अवसर गुमाएको छ । नेपाल एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो।

अाज भएको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो भने जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।

झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् ।

तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । योसँगै नेपालको एशिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

रथले ८२ बलमा ५२ रन बनाए भने किन्चित साहले ११ रनको योगदान दिए ।

यसअघि नेपाल मात्र ९५ रनमा सिमित बनेको थियो ।

६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए भने अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रनको योगदान दिए ।

कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्ने थियो भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो ।

नेपाल यसअघि ओमान र संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो ।


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...