Saturday 25th July 2026

खोटाङ-कुवेत सम्पर्क मन्चको छैठौं अधिवेशन तथा सांगितिक कार्यक्रम सम्पन्न अध्यक्षमा बिष्णु प्रसाद भट्टराई


कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो छैठौं अधिवेशन तथा साँस्कृतिक कार्यक्रम हिजो मिती २४ मे २०२४ शुक्रबारको दिन कुबेत को खैतान स्थित राजधानी होटलमा छैठौं अधिवेशन सम्पन्न। अध्यक्षमा बिष्णु प्रसाद भट्टराई लाई सर्वसहमत चयन गरेको छ।

प्रेम कटुवालको सभापतित्वमा भएको सो कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदूतावास कुबेतका प्रथम सचिव सुजन विडारी, विशिष्ट अथितिमा NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ कुवेतका सचिव हरि बानियाँ,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,आइसिसी सदस्य-हरी लवाती,मध्यपुर्ब उप- संयोजक माधव पौडेल, AL ANSARI exchange प्रतीनिधी थिए। यसैगरी अथितिहरुमा कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी हरूको आतिथ्यता रहेका थियाे।

प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। । भने संस्थाका कार्यबाहक अध्यक्ष बिष्णु प्रसाद भट्टराईले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। कार्यक्रम लाई सचिब उमेश राई र एनआरएनए कुबेतका सचिव रोशन राईले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सुजन विडारी,NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,आइसिसी सदस्य-हरी लवाती,उप- संयोजक माधव पौडेल,पत्रकार महासंघ कुवेतका सचिव हरि बानियाँ,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,लगायतले शुभकामना मन्तब्य दिएका थिए।भने बिष्णु प्रसाद भट्टराईले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसै गरी संस्थाका संरक्षक मन्जित राईले खोटाङ-कुवेत सम्पर्क मञ्च किन खोल्यो कहिले स्थापना गर्यो भन्ने बारेमा प्रस्ट पर्नु भएको थियो ।

कार्यक्रमको बिचबिचमा बिभिन्न मनोरञ्जनात्मक एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायक तथा संगीतकार (अनिल कोयी राई)ले आफ्नो नयाँ पुरा गीतहरु गाएर उपस्थित सबै लाई नचाएको थियो।

मन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्र बाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमका अन्त्यमा सभापति प्रेम कटुवालले कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न नेपाली सँघ-संस्था,समाजसेवी, कलाकार,पत्रकारहरु लाई उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...