Tuesday 29th September 2026

बझाङ प्रदेश सभा-१ मा एमालेका दमन भण्डारी निर्वाचित


बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको छ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यहाँ ११ दलका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

प्रतिकृयाहरू
...