Monday 23rd March 2026

यति एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना


तीतोपाटी- नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको छ ।

नेपालगन्जबाट २१ यात्रुसहित आएको जहाज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको प्रवक्ता ठाकुरले जानकारी दिए । जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ तर जहाजमा सवार यात्रु भने सकुशल रहेका ठाकुरले बताएका छन् ।

यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए ।  यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको  हुन सक्ने जनाएको छ ।

जहाज दुर्घटनामा परेपछि विमास्थल बन्द छ ।  दुर्घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...