Tuesday 23rd December 2025

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी


कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको कुनै सत्यता नभएको पुष्टी भएको छ ।

अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर सामाजिक संजालमा भाइरल बनाउने जिवन गिरी र पदम थापाले माफी मागेका छन । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको सकृयतामा कुवेतमा हुदै नभएको घटनालाई लिएर अफवाह फैलाउने उक्त व्यक्तिहरुलाई खोजि गरिएको थियो । महाबुलास्थित नमस्ते नेपाली रेस्टुरेन्टमा २७ मार्चका दिन एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको सामु उनीहरुले अब कहिले पनि यस्तो गल्ती नदोहोराउने भन्दै माफी मागेका हुन ।

वैदेशिक रोजगारका लागि करिब सात महिना पहिले उनीहरु कुवेत आएका हुन । उक्त भिडियो पदम थापाले टिकटकबाट डाउनलोड गरेर जिवन गिरीलाई दिएको बताए । जिवन गिरीले भिडियोमा आफ्नो आवाजमा इडिड गरेर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा आएका अप्रमाणित विषयलाई सत्य तथ्य नबुझी भ्रम नफैलाउन उपस्थित व्यक्तिहरुले ध्यानाकर्षण गराएका थिए । साथै सामाजिक संजालमा आएका भिडियोलाई तोडमोड गरी कुवेतमा रहेका नेपालीहरु र नेपालको बदनाम नगराउन एनआरएनए एनसीसी अध्यक्ष रणध्वज लामाले अनुरोध गरेका थिए । कुवेतमा केही समय पहिले पनि बङ्गाली प्रेमी द्वारा नेपाली प्रेमिकाको हत्या गरिएको भनेर एउटा भिडियो भाईरल भएको थियो । तर त्यो भिडियोको पनि अहिलेसम्म कुनै पुष्टी भएको छैन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...