Friday 25th September 2026

कुवेतमा युगल साँझ कार्यक्रम हुदै


तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा  आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।

केही दिन अगाडि बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक साथै बृहत् किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्सी शिवाकोटीको नौलो अनुहार यस एम्बुलेन्स आर्थिक सहयोग अभियानका मुख्य अभियन्ता बि बि मल्ल ठकुरीको साथमा देखिने भएका छन् ।

“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले यस कार्यक्रमको आयोजना गर्ने भएको हो । स्वयम् बि बि मल्ल ठकुरी उक्त समाजको संरक्षक पनि हुन ।

उक्त दिन कुवेत स्थित नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्तिथि भैई  कार्यक्रम भब्य र सभ्य रूपमा सफल बनाईदिनको लागि आयोजक स्याङ्जा सहयोग समाज कुवेतले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...